Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अदालतको आदेश अवज्ञा गर्दै सरकार

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंलगायत सहरी क्षेत्रबाट पैदल हिँडेरै थातथलो जान थालेका मानिसलाई सवारी साधनमार्फत घर पुर्‍याइदिन दिएको आदेशविपरीत सरकार उभिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रबार पैदलै घर फर्किरहेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारका नाममा आदेश जारी गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसै विषयमा छलफल चलिरहेको थियो। प्रधानमन्त्रीसहितको बैठकले सर्वोच्च अदालतको सम्मान गर्दै घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन उचित व्यवस्था गर्ने धेरैको बुझाइ थियो तर निर्णय अपेक्षाविपरीत भयो।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत सहभागी उक्त बैठकले अदालतको आदेशअनुकूल निर्णय लिएन। उल्टै अदालतको आदेशको बर्खिलाप हुनेगरी सहर छाडेर गाउँ जान लागेकालाई बाटैमा रोक्न र अत्यावश्यक अवस्थाबाहेक हिँडडुलमा बन्देज लगाउने निर्णय गर्‍याे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय कडाइ साथ कार्यान्वयन गर्न निर्देशन दिए। ‘कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू तर गाउँ जान नदिनू, एक ठाउँबाट अर्को ठाउँमा जान नदिनू’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।

प्रधानमन्त्री ओलीको यस्तो निर्देशन संविधान र कानुनको मात्र होइन, शक्ति सन्तुलनको सिद्धान्तविपरीत छ। र, यसबाट अदालतको आदेश कार्यान्वयनभन्दा अवज्ञा गर्ने बाटोमा सरकार अघि बढ्न थालेको देखिएको छ।

लकडाउन लम्बिँदै गएपछि सर्वसाधारण हिँडेरै लामो दूरीमा रहेको थातथलो जान थालेपछि शुक्रबार कोभिड–१९ (कोरोना) रोकथाम तथा निवारण उच्चस्तरीय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), राष्ट्रिय योजनाका आयोगका अध्यक्ष, सुरक्षा निकायका प्रमुखसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रधानमन्त्रीले बैठकमा सहभागी सुरक्षा अधिकारीलाई सहरबाट गाउँ जाने र एक ठाउँबाट अर्को ठाउँ जान नदिन निर्देशन दिए। बैठकमा सर्वसाधारण सहरबाट हिँडेर गाउँ जान थालेको तथा लकडाउनले बेखर्ची भएकाले खाना खान नपाएको जस्ता विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिन सक्ने संकेत दिए। उनले लकडाउन खुकुलो भए संक्रमण फैलिन सक्ने भएकाले कडाइ गर्न निर्देशन दिए। ओलीले अत्यावश्यकबाहेक आवतजावत पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन दिए।

लकडाउन लम्बिँदा सर्वसाधारण हिँडेरै चार/पाँच सय किलोमिटर टाढा रहेको घरतर्फ जान थालेपछि प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायतलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन्।

बैठकमा उच्चस्तरीय समितिले घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पु-याइदिने वा जहाँ छन् त्यही रोक्ने भन्ने विषयमा निर्णय लिनुपर्ने प्रस्ताव राखेको थियो। प्रधानमन्त्री ओलीले संक्रमण फैलिने हुनाले कसैप्रति सदासयता नदेखाउन निर्देशन दिए।

‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेलाई रोक्नुपर्छ, कडाइ नगरे संक्रमणको चपेटामा पर्न सक्छाैँ, बेलैमा सबै पक्षले यसमा ध्यान दिनुपर्छ’, ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने। उनले यसका लागि स्थानीय तहसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदको पनि सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले नमुना परीक्षण गतिलाई तीव्रता दिन पनि निर्देशन दिए।

बैठकमा लकडाउन कार्यान्वयन विषयमा समीक्षात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्य, उच्चस्तरीय समन्वय समिति र सिसिएमसीका सदस्यसहित बालुवाटारमा विशेष बैठक गर्नुभएको छ। बैठकमा कोरोना संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनबारे एकीकृत छलफल र समीक्षा भएको छ’, थापाले भने।

यसअघि उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीसँग छलफल गरेको थियो। समितिले शुक्रबार प्रदेशमा र्‍यापिड टेस्ट र पिसिआर टेस्टको अवस्था, संक्रमितको अवस्थालगायत विषयमा मन्त्रीहरुसँग छलफल गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: