Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

लकडाउनको मौका छोप्दै निषेधित गतिविधि बढेपछि निकुञ्जको सरक्षा व्यवस्था कडा

भरतपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा उठाउनेहरु पनि प्रशस्तै छन् । लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरु हुन थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरु बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ । लकडाउनको समयमा आममानिसहरु घरभित्रै बसिरहेका बेला केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रुपाखेतीले बताए ।

उनका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब २ सय जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको छ । पक्राउ पर्नेमा एक जना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्ति समेत छन् । सुनसानको मौका छोप्दै निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा माछा मार्ने र निकुञ्जमा संरक्षित घासहरु काट्न आउनेहरु बढेको उनले बताए । “लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरुको सङख्या बढेको छ”, उनले भने, “यस्तो शून्य समयमा तस्करहरु समेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौं ।”

लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीन वटा घडियाल गोही मारिएका थिए । निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए । गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए । नारायणी र राप्तीमा २ सय ५० वटा घडियाल गोही छन् । गोही प्रजनन् केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्ने गरेको छ । बुधवार मात्रै निकुञ्जमा गैडा मृत भेटिएको थियो । “निकुञ्जमा रहेका अधिकांश कर्मचारी कार्यक्षेत्रमै खटिएका छन्”, उनले भने, “चौविसैं घण्टा विशेष निगरानी गरिराखेकै छौं ।”

अहिले विभिन्न गतिविधि बढ्दै गएपछि विभिन्न विधिबाट गस्तीलाई थप सक्रिय बनाएको नेपाली सेनाको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending