Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न रोटरीको आह्वान

काठमाडौँ । नेपाली रोटरीले सामाजिक दूरी कायम राख्नाका साथै एकापसमा विद्युतीय माध्यमबाट भए पनि सम्पर्क गर्दै र आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न आह्वान गरेको छ ।

सम्पूर्ण नेपाली रोटरी कोरोना भाइरसको प्रकोपबाट देशलाई र जनतालाई जोगाउने अभियानमा समर्पित भएको जनाउँदै डिष्टिक गभर्नर ३२९२ किरणलाल श्रेष्ठले देश र जनतालाई विपत् पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि सेवामा समर्पित हुनाको विकल्प नरहेको जनाएको छ ।

कोभिड–१९ ले मानव जातिको जीवन र अस्तित्वमा नै चुनौती खडा गरेका बेला यस महाविपत्तिबाट आफू र आफ्नो परिवार तथा सिङ्गो समाजको जीवन रक्षा गर्नु आफूहरुको पहिलो कर्तव्य भएको र यसलाई पालना गर्न चुक्न नहुनेमा जोड दिँदै उनले रोटरी जस्तो संस्थाको आवश्यकता देश र जनताका लागि यस्तै विपत्तिमा पर्ने जनाएका छन् ।

रोटरीका देशैभरिका १२४ क्लब अहिले कोरोना सङ्क्रमणको जोखिमबाट पीडित विपन्न वर्ग वृद्ध र बालबालिकाको सेवामा जुटिरहेको तथा दैनिकी गुजारा गर्नुपर्ने समुदाय र स्वास्थ्य सेवकको सहयोगमा समर्पित भएको जनाइएको छ । नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि डिष्ट्रिक ३२९२ ले रु एक करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending