Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दुग्ध, तरकारी र पशुजन्य उत्पादन भित्र्याउन रोक

सुर्खेत । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रले अन्य प्रदेशबाट कर्णालीमा भित्रिने दुग्ध, तरकारी तथा पशुपक्षीजन्य उत्पादन भित्र्याउन रोक लगाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले दूध र दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र पशुपक्षीजन्य उत्पादन अर्को व्यवस्था नहुँदासम्म पूर्णरोक लगाउने निर्णय गरेको हो । मान्छे मात्र नभएर आयातित उपभोग्य वस्तुबाट पनि कोरोना भाईरसको सङ्क्रमण फैलिन सक्ने संभावित जोखिमबाट बच्न यो निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

“भारतलगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने मानिसलाई पहिचान गरी निगरानी, ल्याव टेष्ट गर्ने र तोकिएको अवधिभर अनिवार्यरुपमा उनीहरुलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल सरकारले थपेको बन्दाबन्दीलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने र यो समयमा ज्याला मजदूरी गर्ने परिवार तथा व्यक्ति र अलपत्रमा परेका विद्यार्थीको पहिचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेका छौँ ।” त्यसैगरी, कर्णालीका प्रदेशमा अन्य प्रदेशबाट भित्रिने कपुरकोट, कालीमाटी, बबई, कुइने, तथा चौकुने नाकामा थप सुरक्षा प्रबन्ध गर्नुपर्ने भएकाले सशस्त्र प्रहरीले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको उनले जनाए । किसानलाई श्रमिक तथा खेताला नलगाई मौसमी बाली भित्र्याउन तथा बाली लगाउन दिनेसमेत निर्णय गरिएको उनले बताए ।

बैठकले वीरेन्द्रनगर खुलामञ्चमा नेपाली सेनाको व्यवस्थापनमा स्थापना तथा सञ्चालन गरेका क्वारेन्टाइनमा सङ्घीय मापदण्ड आउनु अघि राखिएका नागरिकको खाना तथा अन्य बन्दोबस्तीका सम्पूर्ण खर्च लागतअनुसार नेपाली सेनाको उत्तरपश्चिम पृतना सुर्खेतले भुक्तानी गर्ने र त्यसको लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट बजेट उपलब्ध गर्ने निर्णय भएको उनको भनाइ थियो । मन्त्री भण्डारीका अनुसार आजको बैठकमा केन्द्रले हालसम्म कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा निर्णय गरेका गतिविधिको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending