Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

‘लकडाउन’ले रेल सेट हस्तान्तरणमा ढिलाई

काठमाडौं । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्ने गरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो । तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘विभाग र रेल निर्माता कम्पनीबीचको सहमतिअनुसार मंगलबारबाट रेल हस्तान्तरण हुने दिन थियो। नेपाललाई हस्तान्तरण गरिने रेल चेन्नाईको उद्योगबाट हिडिसकेको छ’, मिश्रले भने, ‘तर लकडाउनका कारण बिच बाटैमा अड्किएको छ।’

भारतमा चैत १२ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २१ दिनसम्म रहनेछ। नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २०७७ वैशाख ३ गतेसम्म कायम हुनेछ। सम्भवत लकडाउन सकिएपछि कोंकणले रेल हस्तान्तरण गर्ने नयाँ समय सीमा तोक्नेछ। लकडाउन सकिए पनि तत्कालै नेपाली भूमिमा भने रेल ल्याउन सकिने अवस्था बनिसकेको छैन।

‘रेल गुड्ने ट्र्याक तयारी अवस्थामा छ। तर, रेल हाक्ने ड्राइभर छैन। स्वदेशी प्राविधिक जनशक्तिका लागि दरखास्त आवेदन माग गरेका थियौं। त्यहाँ एउटा पनि आवेदन परेको छैन’, मिश्रले भने, विदेशी कामदारका लागि आवेदन माग गर्नुपर्नेछ।’ विभागले फागुन ९ गते रेल सञ्चालन गर्न तत्कालक आवश्यक पर्ने २६ जना स्वदेशी कर्मचारीका लागि आवेदन माग गरेको थियो।

रेल सञ्चालन गर्ने प्राविधि नभएसम्म नेपालमा रेल ल्याएर राख्ने ठाउँको पनि अभाव छ। ग्यारेजमा राख्न पनि सुरक्षा दिनुपर्छ। रेल सञ्चालन गर्न आवश्यक पूर्व तयारी पूरा नभएसँगै कोंकणकै मातहतमा रेल राखिनेछ। सुरक्षित स्थान र नेपाल भित्र्याउन सहज हुने सीमा आसपासमा रेल राखिनेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending