Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओली र प्रचण्डबीच असमझदारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो– डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए । दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे ।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि बनाएको समितिले अधिकारीसहित डा. राजन खनाल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थियो। दाहालका उम्मेदवार श्रेष्ठको नाम सिफारिसमै परेन।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन।

दाहालनिकट सभामुख सापकोटाले आफूसँग सल्लाह नगरी कार्यवाहक तोकेको भन्दै ओलीनिकट मानिएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले असन्तुष्टि जनाए। सापकोटा र तिमिल्सनाबीच द्वन्द्व नै चर्कियो। त्यति मात्र होइन, यही कार्यवाहकको विषयमा नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाम्फेसम्मले सभामुखसँग असन्तुष्टि पोखे। नेम्बाङ र तुम्वाहाम्फे दुवै ओलीनिकट नेता हुन्।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघिल्लो दिन १८ फागनुमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो। दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त पौड्याललाई फिर्ता किन बोलाइयो ? यो निर्णयबारे मन्त्रीहरू नै बेखवर थिए। पौडेललाई फिर्ता बोलाउन प्रधानमन्त्रीले धेरै अघि तयारी गरेका थिए।

सधैँ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव खोई भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीतिर प्रधानमन्त्रीको आँखा पथ्र्यो। पौड्याललाई फिर्ता बोलाएपछि उनको ठाउँमा ओलीनिकट पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय भयो। कोरोनाका कारण सिर्जित लकडाउनमा दाहालले निवासका भेटघाट बन्द गरे पनि २५ चैतको सचिवालय बैठकमा सहभागी हुन जानुअघि पौड्यालसँग अर्थपूर्ण छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले १९ फागुनमा अस्पताल भर्ना हुन जानुअघि र फर्केपछि विभिन्न विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्ति गरे। कृषि विश्वविद्यालयवाहेक अन्यमा नियुक्ति भइसकेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन्, तैपनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि पनि पूर्वमाओवादी धारले निकै ‘पापड’ पेल्नुपरेको थियो।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्यविभाजन भएयता सम्बधमा चिसिएको छ। अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन्। ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending