काठमाडौं । कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भएपछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी दिइएको छ ।
यसअघि सरकारले बनाएको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सदस्य छन् ।
कोरोना नियन्त्रण समितिका सदस्य मन्त्रिहरुको बैठक लगायत काम भएपनि बाँकी मन्त्रिहरु फुर्सदिला भएका थिए ।
बाँकी मन्त्रिहरुलाई पनि आज बसेको मन्त्रिपरिषदको बैठकले थप जिम्मेवारी दिएको छ । बैठकले उर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकार, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई संसद्मा रहेका राजनीतिक दलहरूसँगको समन्वय, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ को सरकारसँगको समन्वय तथा खानेपानि मन्त्री विना मगरलाई सुदुरपश्चिम प्रदेश सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ ।
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेश सरकारसँगको समन्वय, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँगको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई युवा खेलाडीहरूलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रूपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी तोकिएको छ ।
यसैगरी महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई सामाजिक संघसंस्थाहरूलाई परिचालनका लागि समन्वय गर्ने तथा कोरोना भाइरसको संक्रमणले बालबालिकाहरूमा पारेको र पार्न सक्ने असर तथा त्यसमा गर्नुपर्ने सुधारात्मक कामका र कार्ययोजना तयार पार्ने जिम्मेवारी तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: