अमेरिका । अमेरिकाको न्यूयोर्कमा शनिबार मात्रै चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एकको कोरोना संक्रमण पुष्टि भएको छ। भने घरभित्रै मृत फेला परेका अन्य दुईको पोष्टमार्टम रिर्पोट आएको छैन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यस्तै शनिबारनै एकजना नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। मृतक चारजना न्यूयोर्क ज्याक्सन हाइट क्षेत्रमा बसोबास गर्ने नेपाली हुन्। यसरी मृत्यु हुनेमध्ये नेपालमा सोलुखुम्बु घर भएका ४४ वर्षीय निमा टेम्बा शेर्पाको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको स्थानीय समाजसेवी जाङबु शेर्पाले जानकारी दिए।
शेर्पा कोरोना भाइरसका कारण थप बिरामी परेर उपचारका लागि सातादिन अघि अस्पताल भर्ना भएका थिए। न्यूयोर्कको ज्याशन हाइट क्षेत्रमा बस्ने शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्। केहीदिन अघि न्यूयोर्कमै एक गैरआवासीय नेपाली अनिल लिम्बुको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।
यस्तै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा बस्दै आएका अन्य दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन्। नेपालमा मुस्ताङ जिल्ला घर भएका अन्दाजी ४० वर्षीय दुई नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्वअध्यक्ष मिङमार लामाले जानकारी दिए।
न्युयोर्कको क्विन्सस्थित जमाइका बस्दै आएका सोनाम लामा र क्विन्स सन्नी साइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको हो। केही दिनदेखी बिरामी रहेका उनी करिव ४० वर्षका सोनामको कोठाभित्रै मृत्यु भएको जनाइएको छ।
लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए। उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्।
१८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ। उनको शव केही दिन अघिनै प्रहरीले लगेर गएको रउनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त भएको छैन्।
यसैगरी करिव १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमै मृत्यु भएको जनाइएको छ। सुरुमा टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचारका लागि लगिएको र केहीदिन घरमै आराम गर्न भनिएको थियो।
थोक्मेका एक श्रीमती र दुई छोरा काठमाठौमा बस्दै आएका छन्। स्थानीय समाजसेवी राजकुमार विष्टले समाजिक सञ्जालमा लेखेका छन्, ‘थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो।’ मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ।
अर्का एक नेपालीको हृदयघातका कारण मृत्यु
शनिबार नै न्यूयोर्क निवासी अजयमान छोंचुँको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ। नेवानख न्यूयोर्कका अनुसार अस्पतालले हृदयघातका कारण उपचारत छोंचुँको शनिबार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो।
ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। छोंचुँको निधनप्रति नेवानख न्यूयोर्क लगायतका संघ संस्थाले दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
दुईसाता अघि परीक्षण गर्दा छोंचुँकी श्रीमतीमा कोरोना नेगेटिभ देखिएको थियो। अस्पतालले शव जलाउने निजी कम्पनी बुक गरेपछि जानकारी दिन भनेको छ। अस्पतालले यसरी फनरल होम ९शव जलाउने घर० बुक गरेपछि खबर गर्न भनेपछि दाहसंस्कारमा समुदायका अन्यव्यक्ति समावेश गर्ने नगर्ने बारे परिवार अन्यौलमा छ। छोंचुँ श्रीमती र परिवार सहितन् यूयोर्कको क्विन्सस्थित ग्रयाण्ड एभिन्यूमा बस्दै आएका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: