काठमाडौं । सरकारले जी टू जी प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको खुलेको छ । बैठकमा संलग्न मन्त्रीहरूका अनुसार आइतबार ९१६ गते० को मन्त्रिपरिषद् बैठकमा ‘जी टू जी’प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने कुरै उठेकै थिएन । बरु त्यो बैठकमा प्रधानमन्त्रीले स्वास्थ्य विभागले नियमसंगत तरिकाले स्वास्थ्य उपकरण खरिद गरेको जिकिर गरेका थिए ।
आजको कान्तिपुर दैनिकमा खबर छ - ‘स्वास्थ्य मन्त्रालयले खरिद गरेको उपकरणका विषयमा कुरा उठेको थियो,’ वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले भने, ‘तर जी टू जी विधिबाट स्वास्थ्य उपकरण किन्ने भन्नेबारे छलफल भएन।’
अरु मन्त्रीहरू मात्रै होइन कोभिड(१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यले समेत सरकारले निर्णय गरेर नेपाली सेनाबाट प्रक्रिया सुरु भइसकेको यो विषयमा अनभिज्ञता जनाए।
बिहीबारको समितिको बैठकमा अब ‘जी टू जी’बाटै सामान खरिद गर्नुपर्ने विषयमा मन्त्रीहरूले कुरा उठाएका थिए। त्यस विषयमा थप छलफल भने भएन। समितिका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जी टू जी प्रक्रियाबाट स्वास्थ्य उपकरण खरिद गर्ने सन्दर्भमा समितिमा कुरा भएको बताए। ‘छलफल भएको हो, निर्णय भने भएको छैन,’ उनले भने।
मन्त्रिपरिषद्ले निर्णय गरेको हो भन्ने प्रश्नमा अर्का एक मन्त्रीले भने, ‘यो विषयमा क्याबिनेटमा छलफल र निर्णय भएको छैन।’
बिहीबार समितिको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री युवराज खतिवडाले समेत जी टु जी प्रक्रियाबारे सामान खरिद गर्न सकिन्छ भने त्यो पनि सुरू गर्ने भनेर छलफल भएको बताए। तर सरकारले निर्णय गरिसकेको विषयमा भने उनले केही पनि उल्लेख गरेनन्।
यसअघि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपाली सेनाले नै स्वास्थ्य उपकरण किन्ने खबर पाएको बताएका थिए। ‘जी टू जी’बाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं,’ महानिर्देशक श्रेष्ठले भने, हिजो रद्द गरेपछि आज पुनस् नयाँ सूचना निकाल्न लागेका थियौं। तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनौं।’
उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएको स्पष्ट पारे। ‘मलाई पनि धेरै थाहा छैन। सेनाले खरिद गर्ने भएको छ भनेपछि हामीले सेनासँग केके सामान चाहिन्छ भनेर छलफल अगाडि बढाएका छौं’, उनले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रक्षा र स्वास्थ्य मन्त्रालयमा भएको परिपत्रअनुसार गत १६ गतेको मन्त्रिपरिषद् बैठकले जी टू जी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय भएको हो। ‘कोभिड९१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार ‘जी टू जी’ विधिबाट खरिद गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ४ मा उल्लेख छ। परिपत्रअनुसार नेपाली सेनाले स्वास्थ्य उपकरण खरिदबारे प्रक्रिया पनि सुरु गरिसकेको छ।
बैठकपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री युवराज खतिवडाले जी टु जी प्रक्रियाबारे सामान खरिद गर्न सकिन्छ भने त्यो पनि सुरू गर्ने भनेर छलफल भएको बताए। तर सरकारले निर्णय गरिसकेको विषयमा भने केही पनि उल्लेख गरेनन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: