Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

स्वास्थ्य सामाग्री बोकेर हिमाली जिल्ला पुगे मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज यहाँका तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पु¥याएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्लामा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
तीनै जिल्लाका जिल्ला प्रशासन तथा स्वास्थ्य सेवा कार्यालय, स्थानीय सरकारका प्रमुख, राजनीतिक दलहरुको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरेर (व्यक्तिगत सुरक्षा सामग्री) पिपिइ, आइआर थर्मोगन, गाउन, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, स्प्रीट, एन ९५ मास्क, पञ्जालगयात अठार किसिमका उपकरण, औषधी र फारम फारम हस्तान्तरण गरिएको मन्त्री रावलले बताउनुभयो । उनका अनुसार तीनै जिल्लामा बराबर परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

तीनै जिल्लामा पुग्नुभएका मुख्यमन्त्री शाहीले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकार्यका लागि प्रजिअ, स्वास्थ्य प्रमुखलगायत सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन गरेका छन् । त्यसैगरी, उनले जैविक समस्याका रुपमा देखिएको कोरोनाको विरुद्ध राजनीतिक दलहरुलाई पार्टी र नागरिकलाई निजी स्वार्थभन्दा माथि उठेर जुध्नसमेत आग्रह गरे ।

सामाजिक विकासमन्त्री रावललका अनुसार आजै राति कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेखमा स्वास्थ्य सामग्री पठाइने छ । प्रदेश सरकारले सडक पहुँच सहज नभएका हिमाली जिल्ला प्राथमिकतामा राखेर ती सामग्री आजै हवाई मार्गमार्फत त्यहाँ पु¥याएको उहाँको भनाइ थियो । विशेष गरी कोरोना सङ्क्रमितको उपचारका क्रममा लगाइने पिपिइ, सर्जिकल मास्क, थर्मोगनलगायत अभाव भइरहेको बेला सरकारले उपलब्ध गरेपछि जिल्लाका स्वास्थ्यकर्मी उत्साहित भएको जनाइएको छ ।

नेपाली सेनाको स्काई ट्रकबाट सोमबार गाउन एक हजार थान, आइआर थर्मोमिटर १० थान, एन ९५ मास्क, ४८० थान, सर्जिकल मास्क १० हजार थान र पञ्जा २० हजार थान सुर्खेत पु¥याइएको थियो । उक्त उपकरण सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रदेश सरकार सामाजिक विकासमन्त्री रावलको रोहवरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending