Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा १४ लाख ८० हजार १३० रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताइएको छ ।

त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको दलका सचेतक गायत्री गुरुङले बताइन् । ‘हामीले हाम्रो दलको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिना, प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन र अधिकतम इच्छानुसार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेका छौँ’ सचेतक गुरुङले भनिन् । नेकपाको तर्फबाट गण्डकी प्रदेशसभामा ४० सदस्य छन् ।

त्यसैगरी प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने छन् । सरकारले नियुक्त गरेका गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेश नीति तथा योजना आयोगका सदस्यद्वय डा. विष्णुराज बराल र डा. भीमा ढुङ्गानाले सहयोग रकम उपलब्ध गराउने भएका हुन् ।

प्रदेश पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ, प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज पाण्डे, ताल विकास प्राधिकरणका प्रमुख डा. अनुप गुरुङ, मुख्मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिवद्वय सूर्यप्रसाद गुरुङ र एलिना गुरुङले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने बताइएको छ ।रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies