भद्रपुर । मेचीनगर नगरपालिकाले नगरवासीलाई घरभित्रै बसेर सुरक्षित रहन आह्वान गर्दै खाद्यान्न, उपचार र अन्य कुनै केही समस्या भएमा नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ । नगर प्रमुख विमल आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी समस्या परेका नगरवासीलाई सम्पर्क गर्नुपर्ने व्यक्ति र फोन नम्बरहरु सार्वजनिक गरेका छन् ।
खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक भए तत्काल नगरपालिकाको स्वास्थ्य शाखाको फोन नं. ९८४२६३८३२९ र विपत् व्यवस्थापन समितिका संयोजकको नं ९८०११०६०८५ मा सम्पर्क गर्न विज्ञप्तिमार्फत नगरपालिकाले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र पूर्वीनाकामा कडाइ गर्न नगरपालिकाले सक्रियतापूर्वक विभिन्न कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
मेचीनगर ७ स्थित सतिघट्टामा माइती नेपालको भवन, वडा नं ११ को धाइजनस्थित स्वास्थ्यचौकी, वडा नं ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नं ४ सरस्वती माध्यमिक विद्यालय क्वारेन्टाइन बनाइएको नगरप्रमुख आचार्यले जानकारी दिए । क्वारेन्टाइनमा भारतलगायत विभिन्न मुलुकबाट फर्किएकालाई उचित प्रबन्धसहित राखिएको बताइएको छ ।
मेचीनगरका १५ वटै वडामा निसंक्रमणका लागि स्प्रे तयारी गरिएको र केही वडामा स्प्रे प्रारम्भ भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका लागि ५०० थान मास्क, ६० थान पिपिई र २० लि स्यानिटाइजर वितरण गरिएको, सवै वडामा रहेका स्वास्थ्य केन्द्र र एकाइका जनशक्तिलाई परिचालन गरिएको, नगर क्षेत्रका दुई एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको टोली आपत्कालीन अवस्थाका लागि परिचालन गरिएको र अन्तरराष्ट्रिय सीमा काँकरभिट्टाबाट नेपाल प्रवेश गरेका ८५ हजारभन्दा बढी यात्रुको इन्फ्रारेड थर्मामिटरबाट हेल्थ डेस्कमा ज्वरो स्क्रिनिङ गरिएको नगरप्रमुख आचार्यले जानकारी दिए । लकडाउनपछि नेपालका विभिन्न स्थानमा जाने यात्रुलाई गन्तव्य स्थानसम्म पुर्याउन सहजीकरण गरिएको र टोल विकास संस्थालाई परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
क्वारेन्टाइनमा बस्दा स्वास्थ्य समस्या देखिएमा तत्काल वडा अध्यक्ष वा उल्लिखत सम्पर्क नम्बरमा सम्पर्क गर्न, अत्यावश्यक सामग्रीको कालो बजारी र मूल्य वृद्धि नगर्न, खाद्यान्नलगायत अत्यावश्यक सामग्री बिक्री वा खरीद गर्दा न्यूनतम १ मिटर (३ फिट) को दूरीमा चुना वा अन्य सामग्री प्रयोग गरेर सेतो घेरा बनाई खरीदबिक्री गर्न, अति विपन्न एवम् असहायका लागि खाद्य सामग्री अभाव भए टोल विकास संस्थाका अध्यक्षमार्फत वडा समितिका अध्यक्ष/सदस्यमार्फत नगरपालिकामा सम्पर्क गर्न हुन, सरकारद्वारा जारी लकडाउनका अवधिमा ट्रयाक्टर, टेम्पु, मोटरसाइकललगायत अन्य सवारी साधन प्रयोग नगर्न नगराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।
लकडाउनको अवज्ञा गरी कुनै क्रियाकलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कानूनी कारवाही हुनेसमेत नगरपालिकाले जनाएको छ ।
नगरवासीलाई कहीँ कतै कुनै समस्या भए प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ (९८५२०५६६०१) वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती (९८५२६७२७५८) र खाद्य विश्लेषक दीपेन्द्र कार्की (९८५२६७७६७) सँग सोझै सम्पर्क गर्ने सकिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: