Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एयरपोर्टमा नाराबाजी : नियमविपरित जहाज अवतरण, क्वारेन्टाइनमा नराखि घर पठाइयो

काठमाडौं । प्रतिबन्ध उल्लघंन गर्दै नेपाल छिरेका नेपालीले एयरपोर्टमा गएराति हंगामा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित मुलुकबाट समेत आएका यात्रु बाेकेर आएकाे जहाजबाट यात्रुहरुकाे नाराबाजीपछि ९८ जनालाई ओरालिएकाे छ । एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण भएकाे थियाे।

अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो ।

तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्‍यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।

एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसग सल्लाह गर्‍यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।

आपत्‌कालीन बैठक नै बसेर विमानभित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबेलाई ओराल्ने निर्णय भएको स्रोतले बतायो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो । नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाेडिएकाे छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: