Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कोरोना भाइरसको सन्त्रासले घर फर्कंदै नेपाली

बर्दिया । बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु पर्यो ।

टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजीकै रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’मा उनको ‘थर्मल गन’ बाट शारीरिक तापक्रम स्वास्थ्यकर्मीले जाँच गर्दै थिए। “बीस दिनअगाडि कामका लागि म लगायत आठ÷दशजना साथी गडवाल पुग्यौँ । पुगेको केही दिनमै कोरोनाको त्रास भयावह हुँदै गयो”, न्यौपानेले भने, “काम गर्न सक्ने वातावरण रहेन । घरबाट लिएको पैसा पनि सकियो । कुनै विकल्प नभएपछि घर फर्कियौँ ।”

न्यौपाने जस्ता सयौँ नेपाली सीमा नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन् । भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन् । न्यौपानेसँगै आएका विकास अधिकारीले घरको जोहो भारतमा गई मजदुरी गरे मात्र चल्ने भन्दै त्यो बाटो बन्द भएको बताए । उनले यस्तै अवस्था रहे आफूहरुले भोकै मर्नु पर्ने अवस्था सिर्जना हुने भन्दै कोरोना भाइरसको सङ्क्रमण कम भए लगत्तै भारत जाने बताए ।

सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए । कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ ।

हालसम्म कसैलाई पनि त्यस्तो लक्षण नदेखिएको बताउँदै हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले लक्षण नदेखिए पनि ढुक्क हुने अवस्था भने नभएको बताए । “हालसम्म कसैमा पनि कोरोना भाइरसको लक्षण देखिएको छैन”, अहेव रोकायाले भने, “तर ढुक्क हुने अवस्था पनि छैन । कोरोना भाइरसको लक्षण १४ दिनसम्म पनि देखिने भएकाले अहिले नै सङ्क्रमित प्रवेश गरेको छैन भनेर पुष्टि गर्न सकिने अवस्था छैन ।” रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालीकोटलगायत जिल्लाका बासिन्दा रहेका छन् ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिकाका तीनजना भारतको हैदरावादबाट घर फर्किएका छन् । दुई वर्षपछि घर फर्किएका गोपाल चौधरीले भने, “घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो । यस्तैमा कोरोनाको हल्ला फैलिएपछि चाँडै फर्किए ।”

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ तर कहिले सम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन । ग्राहकको सङ्ख्या घटेसँगै उनी लगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन् । “एकातिर बिदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किएँ”, उनले भने, “म जस्तै धेरैलाई बिदा गरिएको छ ।”

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनऊ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको सङ्ख्या बढेसँगै चुनौतीसमेत थपिएको छ । उनीहरुलाई भरपर्दो ढङ्गले स्वास्थ्य जाँच गर्न सकिएको छैन । अहिले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले थर्मल गनमार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नाका साथै रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सोध्ने गरेको छ ।

थर्मल गनले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सम्बन्धित व्यक्तिले भनेपछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । हेल्थ डेस्कमा त्यस्तो सङ्क्रमण देखिने बित्तिकै सबै संयन्त्रहरु तयारी अवस्थामा राखिएको अहेव रोकायाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending