Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

किताब होइन ट्याब बोकेर स्कुल

बुटवल । बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्।

आजको नागरिक दैनिकमा खबर छ - बालबालिकाकै कारण अभिभावकले ट्याब र स्मार्ट मोबाइल प्रयोग गर्न छोडेर सामान्य मोबाइल बोकेका उदाहरण पनि भेटिन्छन्। छोराछोरीको परीक्षाको मुखमा घरको नेट कनेक्सन हटाउने अभिभावक पनि कम छैनन्।

तर बुटवलको एउटा विद्यालयका स्कुले बालबालिकाहरू भने घरमा मात्रै होइन स्कुल पनि ट्याब नै बोकेर जान्छन्। कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन्। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ।

यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले। सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ। कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए।

प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए । नयाँ र उत्कृष्ट पाठ्य–सामग्री खोज्न र अध्ययन गर्न सहज भएकाले डिजिटलाइज्ड अध्यापन प्रणाली उपयुक्त भएको विद्यार्थीहरू बताउँछन्।

एसइईको अन्तिम तयारीमा रहेकी कक्षा १० कि छात्रा सरिष्मा पोख्रेलले प्रविधिको प्रयोगले आफूलाई चाहिने पाठ्य–सामग्री खोज तथा अध्ययन गर्न निकै सहज भएको अनुभव सुनाइन्।

विद्यालयकी अर्की छात्रा आरती जैसवालले पनि भिजुअल र अडियोबाट पढ्दा घोकन्ते बानी हटेको बताइन्। ‘सुनेको भन्दा देखेका कुरा छिटो बुझिन्छ। लामो समयसम्म मेमोरीमा पनि रहन्छ,’ जैसवालले भनिन। कक्षामा शिक्षक नभए पनि आफैंले खेजेर पढ्ने, लेख्ने र नबुझेका कुरा दृश्यमा हेरेरै बुझन सहज हुने आरतीको भनाइ छ।

स्कुलले प्रविधि अध्ययन, खोज–अनुसन्धानलाई सहज बनाउने महत्वपूर्ण साधन हो भन्ने कुरा बेलैमा बुझाएर आफूहरूको आँखा खोलिदिएको विद्यार्थी रोजन सेढाइँले बताए।

स्कुलमै प्रविधिको महत्व र प्रयोग सिकेकाले उच्चशिक्षाका क्रममा त्यसको प्रयोगबाट बिग्रने वा बरालिने मौका नहुने उनको भनाइ छ।

‘प्रविधिको महत्व घोकाएर होइन, प्रयोग गरेरै बुझ्ने मौका पायौं। प्रविधि प्रयोगको महत्व बुझिसकेकाले भविष्यमा यसले हामीलाई समयअनुकूल र अझ स्मार्ट बन्न सघाउनेछ,’ रोजनले भने ।

छात्रा सुस्मिता श्रेष्ठलाई सुरुसुरुमा हातमा ट्याब पर्दा गेम खेल्न र कार्टुन हेर्न मन लाग्थ्यो। तर विद्यालयमा शिक्षकले प्रविधिको प्रयोगको महत्व र उपयोगीता सिकाउँदै पढ्न र पाठ्य सामग्रीहरू खोजी गर्न सिकाएपछि प्रविधिलाई ज्ञान आर्जन गर्ने माध्यमको रूपमा लिएको बताइन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending