Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आजदेखि पूर्वीनाकामा चालीस स्वयम्सेवक परिचालित

भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्सेवक परिचालन गरेको छ । नगरभित्रका विभिन्न सङ्घसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको स्वयम्सेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् । स्वयम्सेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयम्सेवक काम गर्नेछन् ।

टोलीमा उद्योग वाणिज्य सङ्घ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स सङ्घ, जेसिज, होटल व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालगायत १६ रहेको उनले बताए । “दैनिक १० हजारभन्दा बढीको सङ्ख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहेछन्”, सङ्घका अध्यक्ष तिम्सिनाले भने, “पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँच जना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ ।”

उनले मेची उद्योग वाणिज्य सङ्घले खरीद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फोरेट थर्मामिटरले समेत अपुग भएका कारण थप १५ थर्मामिटर भारतको सिलगुढीबाट मगाइ सकिएको बताए । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन् । उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरीद गरेर उपलब्ध गराउने बताउँदै भनिन्, “नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending