कञ्चनपुर । भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माण माटो र ढुङ्गा अभावका कारण प्रभावित हुँदै गएको छ ।
पुलसँगै बन्ने दुवैतर्फको पोखरीको बाँध निर्माणका लागि करिब छ लाख घनमिटर माटो आवश्यक पर्ने भए पनि ठेक्कामै माटोको विषय समावेश नहुँदा बाँध निर्माणमा ढिलाइ भइरहेको छ । सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको पारी र वारी दुवैतर्फ पाँच हजार २०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ ।
पारी र वारी गरी दुवैतर्फ दुई हजार ६०० र दुई हजार १०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ । पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘माटोका लागि भरिएसनका लागि प्रक्रिया थालेको महिनौँ बितिसक्दा पनि त्यो पूरा नहुँदा बाँधको काम शुरुआत नै गर्न सकिएको छैन ।’
पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुई वटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बाँधका लागि करिब एक लाख ५० हजार ठूला ढुङ्गाको पनि आवश्यकता रहे पनि ढुङ्गाको प्रबन्ध अझै मिल्न सकेको छैन । डेढ लाखमध्ये बाँध निर्माणका लागि २६० किलोभन्दा माथिको करिब ७० प्रतिशत ढुङ्गा आवश्यक पर्ने देखिएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिकाको उत्तर चुरेको फेदबाट बग्ने खबरे खोलामा पुलका लागि आवश्यक ढुङ्गा भए पनि स्थानीय तहले दिन आनाकानी गरिरहेको महाकाली पुल योजना कार्यालयको भनाइ छ । ‘ढुङ्गाको समस्याले काममा केही असहजता आउने अवस्था सिर्जना भएको छ ।” महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर ध्रुवकुमार झाले भने, ‘ढुङ्गा दिन्छौँ भनेर जनप्रतिनिधिसहितको उपस्थितिमा स्थानीय तहले दिने निर्णय गरे पनि अझै उपलब्ध गराउने सुरसार छैन ।’
उनले डेढ महिनाअघि यहाँका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र नगर प्रमुखसहितका जनप्रतिनिधिलाई ढुङ्गाको विषयमा छलफल गरेर नै सहजीकरण गर्ने निर्णयमा पुगेको बताए । ‘यो यहाँको ठूलो र महत्वपूर्ण विकास निर्माणको योजना हो । इञ्जिनियर झाले भने, ‘यसमा अवरोध गर्नु यहाँकै लागि क्षति हुन जान्छ ।’
उनले स्थानीय सरकार पनि पुल निर्माणको काममा सहयोगी बन्नुपर्नेमा जोड दिए । ‘खहरे खोलाको बिच भागबाट ढुङ्गा निकाल्दा त्यस्तो फरक पनि केही पर्दैन । उहाँले भने, ‘पुलको अरु निर्माण सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।’ उनले पुल निर्माणको ४५ प्रतिशत काम सकिएको बताए ।
‘पुल आवागमनका लागि मात्रै नभएर पर्यटकीय हिसाबले पनि एउटा महत्वपूर्ण गन्तव्य बन्दैछ ।’ उनले भने। त्यसैगरी बाँधका लागि आवश्यक पर्ने माटोका लागि विभागमा भेरिएसनका लागि फाइल पेश गरिएको इञ्जिनियर झाले बताए।
‘अबको दश÷पन्ध्र दिनमै भेरिएसन स्वीकृत भएर आउँछ ।’ उनले भने, ‘अहिले माटोभन्दा पनि ढुङ्गा नपाउँदा काम प्रभावित हुने अवस्था आउन लागेको छ ।’ पुलसँगै ७।८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग दु्रत गतिमा निर्माण भइरहेको पुल योजना कार्यालयको भनाइ छ ।
‘पुलका लागि ढुङ्गा निकाल्ने हो त वातावरण मिलिरहेको छैन ।’ कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर पाण्डेयले भने, ‘ढुङ्गा र माटोकै कारण पुल निर्माणको अवधि लम्बिने अवस्था आउनसक्छ ।’ रु तीन अर्ब २७ करोड लागत रहेको पुलको निर्माण ०७८ जेठ भित्र सक्नुपर्ने समय तोकिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: