Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आमा सुरक्षा कार्यक्रम : कोहलपुर निजी अस्पतालमा भीड

राँझा । सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन । प्रसूति सेवा लिनेको सङ्ख्या निजीको तुलनामा सरकारी स्वास्थ्य संस्थामा अत्यधिक न्यून छ । चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट आठ हजार १८६ ले सेवा लिँदा कोहलपुरमै रहेको सरकारी सुविधासम्पन्न स्वास्थ्यचौकीबाट जम्मा ५३ जनाले सेवा लिएको नर्सिङ अधिकृत शोभा अधिकारीले बताइन् । उनका अनुसार कोहलपुर नगरपालिकाअन्तर्गतकै शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट यो अवधिमा १२४ ले सेवा लिएकका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार शिक्षण अस्पताल कोहलपुरबाट दुई हजार ४१० ले सामान्य प्रसूति सेवा, १३० जटिल प्रकारका सेवा र ४३ जनाले जटिल प्रसूति व्यवस्थापन गरिएको छ । यस्तै ९२९ ले शल्याक्रिया सेवा, एक हजार १३८ ले नियमित गर्भजाँच, सुत्केरीलाई यातायात खर्च तीन हजार ५३८ जनाले लिएको र एण्टी डी ६५ जनाले लगाएका छन् । कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एण्टी डी सेवा र जटिल प्रसूति सेवा, संस्थागत प्रसूति यातायात खर्च र शल्यक्रियालगायतका सेवा लिएका छैनन् । कोहलपुर स्वास्थ्यचौकीबाट जम्मा २१ ले सामान्य र ११ जनाले नियमित गर्भजाँच गराएको पाइएको छ । शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट ४७ ले सामान्य सेवा र ३० जनाले नियमित गर्भजाँच गराएका छन् ।

तीन वटै स्वास्थ्य संस्थाबाट चालू आवको साउनदेखि कात्तिकसम्म जम्मा एक हजार ६९७ ले सामान्य प्रसूति सेवा, ६६ ले जटिल प्रसूति सेवा, ३३७ ले शल्यक्रिया, ७२५ जनाले नियमित गर्भजाँच सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत चालू आवको छ महिनामा करिब रु दुई करोड खर्च भएको छ । गत साउनदेखि पुस मसान्तसम्म कूल रु एक करोड ८८ लाख ९८ हजार १०० रकम खर्च हुँदा आठ हजार बढीले सेवा लिएको नर्सिङ अधिकृत अधिकारीले जानकारी दिए। उनका अनुसार आमा सुरक्षा कार्यक्रममार्फत कोहलपुर स्वास्थ्यचौकीबाट प्रोत्साहन भत्ताको रुपमा रु ५० हजार ८०० र शम्शेरगञ्ज स्वास्थ्यचौकीमा रु एक लाख १८ हजार खर्च हुँदा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट रु एक करोड ८७ लाख २९ हजार ३०० प्रोत्साहन भत्ता खर्च भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निजी अस्पतालमा गुणस्तरीय सेवा मिल्छ भन्ने बुझाइले शिक्षण अस्पतालमा आकर्षण देखिएको हुनसक्ने बताए। उनले गाउँमै रहेका स्वास्थ्यचौकीबाट पनि निःशुल्क प्रसूति सेवा उपलब्ध हुने कुराको प्रचारप्रसार गर्दै गुणस्तरीय सेवा दिनतर्फ नगरपालिका अग्रसर रहेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending