Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

विधालयलाई कक्षाकोठा नपुग्दा सञ्चालनमा समस्या

बाग्लुङ । कक्षा कोठा निर्माण गर्न नसक्दा बागग्लुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा रहेको कञ्चनापुर आधारभूत विद्यालयको पठनपाठन प्रभावित हुने भएकोे छ ।

कक्षा ७ सम्म पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा बार्षिक परीक्षा चलिरहेको छ । नयाँ शैक्षिकसत्रसँगै कक्षा ८ सञ्चालन गर्नुपर्ने भए पनि कक्षाकोठा अभाव रहेको विद्यालयले जनाएको छ । विसं २०३६ देखि सञ्चालनमा रहेको विद्यालयले विसं २०७५ देखि कक्षा ६ र चालू वर्षदेखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ ।

“कक्षा ८ सञ्चालनको आवश्यकता छ तर कक्षाकोठा चुनौती बन्नेभो”, विद्यालयका प्रधानाध्यापक पुनराम गिरीले बताए, “भवन नै छैन कक्षाकोठा कसरी व्यवस्थापन गर्नु ।” नयाँ खुल्ने कक्षाको लागि समस्या देखापरेको र तत्कालै दुई कोठाको भवन चाहिएको उनले बताए ।

“विद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन”, उनले बताए, “आउने शैक्षिकसत्रदेखि त भुँइमै राखेर पढाउनुबाहेक विकल्प छैन ।” विद्यालयमा १४२ छात्रछात्रा पढ्छन् । चालू आवमा शिक्षा तथा समन्वय एकाइ र गाउँपालिकाको सहयोगमा चारकोठे भवन सम्पन्न भएको छ । अहिले विद्यालयमा आठ मात्र कक्षाकोठा छन् ।

कक्षा कोठा थप गर्नका लागि स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले जनाए । “स्रोतको अभावले पूर्वाधारको अवस्था उदेकलाग्दो छ”, उनले भने । साविक सिसाखानी गाविस वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर वृद्धिका लागि शैक्षिक विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies