Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

रोजगारी सिर्जनाको निम्ति डेढ करोड बजेट

तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सशर्त अनुदानवापतको उक्त रकम स्थानीय तहमा पठाइसकेको छ । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाले अनुदानवापतको बजेट पाएका छन् भने घिरिङ गाउँपालिकाले बजेट प्राप्त गरेको छैन । मन्त्रालयका अनुसार बेरोजगारको सङ्ख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएका कारण घिरिङलाई बजेट पठाएको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चैतबाट बेरोजगार सूचीमा सूचीकृत भएकालाई रोजगार दिइने बन्दीपुर गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक शरणसिंह गुरुङले बताए । उनका अनुसार स्थानीय तहले माग गरेको योजनाबमोजिम बजेट विनियोजित गरी पठाएको छ । “कार्यक्रमका लागि कुन–कुन आयोजनामा रकम खर्च गर्ने भन्नेबारे गाउँपालिकाको कार्यपालिकाको बैठकले टुङ्गो लगाउनेछ”, गुरुङले भने ।

आँबुखैरेनी गाउँपालिकाले भने आगामी आव २०७७/७८ मा सञ्चालन गरिने रोजगार कार्यक्रमका लागि न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन आग्रह गरेको छ । स्थानीय तहमातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेरका बेरोजगार व्यक्तिलाई चैतभित्र बेरोजगार व्यक्तिको रुपमा सूचीकृत हुन आह्वान गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।

“गत वर्ष सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम आँबुखैरेनीमा प्रभावकारी बन्यो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए , “यस वर्ष पनि गाउँपालिकामा हुने विकास निर्माणका काममा बेरोजगार व्यक्तिलाई रोजगारी दिन्छौँ ।” यस्तै ऋषिङ र म्याग्दे गाउँपालिकाले पनि आगामी आवमा न्यूनतम रोजगारमा संलग्न भई विकास निर्माणका काम गर्न बेरोजगारको सूचीमा सूचीकृत हुन आह्वान गरेको छ । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies