Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

४८ विधार्थी एसइई दिनबाट भए बञ्चित

पाल्पा । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका छन् । परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताए ।

सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हुँदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ ।

पाल्पामा अस्पताललाई नौ लाखको स्वास्थ्य सामग्री सहयोग

लायन्स क्लब अफ श्रीनगर पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार सहयोग गरेको छ । वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन जस्ता बच्चाको उपचारलाई प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो । क्लबका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई तीसामग्री प्रदान गरे ।

विसं १९७० मा स्थापित पाल्पा जिल्लाकै पुरानो सरकारी अस्पताल हो । समयअनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । उपचारमा सहज होस् भनी लायन्स क्लबअन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लबका अध्यक्ष कार्कीले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जिल्लाकै पुरानो अस्पताल भए पनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लबले गरेको सहयोगले अस्पताल सञ्चालनमा ठूलो सघाउ पुगेको जनाए ।

क्लबले प्रदान गरेको स्वास्थ्य सामग्री २८ दिन भन्दामूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो । भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदिश कुँवरले बताए। फोटो थेरापीले कमलपित्तको उपचार, बेबी रिससिटेसनले श्वासप्रश्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ । अप्टीमा सोलुसन हात धुन प्रयोग गरिन्छ । उपचारका सामग्री र औषधिको अभावले सोचे जति बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालले बताएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: