Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

गलेश्वरधाममा २२ लाख भेटी सङ्कलन

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब रु २२ लाख भेटी सङ्कलन भएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा रु २१ लाख ८२ हजार ६०७ भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषले बताएका छन् ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनका अनुसार धार्मिक पर्यटनको आकर्षक तीर्थस्थलको रुपमा विकसित हुँदै गरेको गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहुँ, काठमाडौँ, झापा, सुनसरीबाट दर्शनार्थी तथा तीर्थयात्री आउने गरेका छन् । “मन्दिरमा चालु आर्थिक वर्षको गत साउन महिनादेखि फागुन मसान्तसम्म करिब रु २२ लाख भेटी सङ्कलन भएको छ”, कोषाध्यक्ष पुनले बताए ।

पुनका अनुसार सबैभन्दा धेरै आर्थिक सङ्कलन साउन महिनामा भएको छ । साउनमा भक्तजनले चढाएको रु ११ लाख आठ हजार ३४० भेटी सङ्कलन भएको हो ।

त्यस्तै साउने सोमबार, बालाचर्तुदशी, शिवरात्रि आदि पर्वमा भेटी सङ्कलन भएको हो । कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार भदौ महिनामा रु एक लाख छ हजार १५७, असोजमा रु तीन लाख २७ हजार ४०२, कात्तिकमा रु दुई लाख एक हजार ४०६, मङ्सिरमा रु तीन लाख ५५ हजार ६७०, पुसमा रु ७४ हजार ८५०, माघमा रु एक लाख ६६ हजार ५२० र फागुनको हालसम्म मेला शिवरात्रि पर्वबाट रु दुई लाख २२६ सङ्कलन भएको छ ।

अहिले पनि दैनिकजसो म्याग्दीसहित विभिन्न जिल्लाबाट २०० देखि ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । गत आर्थिक वर्षमा गलेश्वरधाममा वन कार्यालयको रु आठ लाख र कोषको दुई लाख लगानीमा बहुउद्देश्य पार्क निर्माण, रु एक लाख ७४ हजारको लगानीमा आठ वटा सिसी क्यामरा र बाहिरबाट दर्शन र मन्दिरको बारेमा जानकारी लिनको लागि कोषले गलेश्वर डट कम नामको बेवसाइटसमेत बनाएको केसीले जानकारी जानकारी दिए । गलेश्वरमा जति पनि भौतिक निमार्णका कार्य भइरहेका छन् ती धेरैजसो भक्तजनले दान गरेको भेटीबाटै भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies