काठमाडौं । ‘सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न बलियो साझा रणनीति बनाउन प्रस्ताव गर्छु’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान ट्विट गरे, ‘सबै मिलेर स्वस्थ क्षेत्र निर्माणमा योगदान गरेर विश्वसामु उदाहरण पेस गर्न सक्छौं।’
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - प्रधानमन्त्री एवं सार्क अध्यक्ष केपी शर्मा ओलीले अस्पतालको शड्ढयाबाटै मोदीको प्रस्तावलाई स्वागत गरेका छन्। ‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्क राष्ट्रका नेताहरूले एकजुट भएर कडा रणनीति बनाउने मोदीजीको प्रस्तावलाई म स्वागत गर्छु’, ओलीले ट्विटमा लेखेका छन्, ‘घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न सरकार तयार छ।’
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर बालुवाटर फर्कनुअघि ओलीले मोदीलाई ‘मेन्सन’ गर्दै ट्विट गरेका हुन्। प्रधानमन्त्री ओलीको समर्थनलाई भारतीय प्रधानमन्त्री मोदीले नेपाली मित्रको साथ भनेर प्रशंसा गरेका छन्।
सार्कको १८ औं शिखर सम्मेलन (२०७१) पछि अर्को सम्मेलन हुन सकेको छैन। त्यतिबेला जारी काठमाडौं घोषणापत्रमा हरेक दुई वर्षमा शिखर सम्मेलन गर्ने उल्लेख छ। १९ औं शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो। भारत–पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्धका कारण शिखर सम्मेलन अन्योलमा छ।
कोरोना भाइरसको महामारी फैलिएपछि भने भारतले सार्कलाई सम्झेको छ। मोदीले पहिलो कार्यकालको शपथ ग्रहण समारोहमा सार्कका नेताहरूलाई निम्त्याएका थिए। तर १८ औं शिखर सम्मेलनपछि सार्कप्रति उनको मोहभंग भएको छ। उनीमाथि सार्कलाई छाडेर बिमस्टेक अघि बढाउने रणनीति लिएको आरोप छ।
पछिल्लो ट्विटमा मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्न आपसमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले सार्कलाई सक्रिय बनाउन पहल गरिरहेका छन्। सार्कका गतिविधि अघि बढ्न सक्ने वातावरण बन्दै गएकाले सार्क अध्यक्ष ओलीले मोदीको धारणालाई सकारात्मक मानेको विश्लेषण परराष्ट्र अधिकारीको छ। यसअघि मोदीको जवाफ हुन्थ्यो, ‘पाकिस्तानले सीमापार आतंकवाद नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना रहँदैन।’
विश्वमा करिब ५ हजारको ज्यान लिइसकेको कोरोना भाइरस सार्क क्षेत्रमा पनि प्रवेश गरेको छ। सार्क मुलुकमा १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमणबाट भारत र पाकिस्तानमा एकएक जनाको मृत्यु भएको छ। शुक्रबारसम्म भारतमा ७८ र पाकिस्तानमा २९ जनामा संक्रमण भएको छ। नेपालमा १ (निको भइसकेको), बंगलादेशमा ६, भुटानमा १ (अमेरिकी नागरिक), माल्दिभ्समा २, अफगानिस्तानमा १० र श्रीलंकामा ४ जनालाई संक्रमण भएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: