Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कार्यकारी अंगमा महिलाको सहभागी नहुनु नै प्रमुख चुनौति हो

\"\" नेपालमा अहिले देखिएको राजनीतिक संरचना हेर्दा महिला आन्दोलनको दुई प्रमुख चुनौति रहेको देखिन्छ । एउटा कार्यकारी अधिकार प्राप्त ठाउँमा ३३ प्रतिशत महिला सहभागी कसरी पुर्यान सकिन्छ ? अर्को यस सँगसँगै महिलाहरुलाई आर्थिक विकासमा कसरी सहभागिता गराउने भन्नेमा छ । आर्थिक विकास भएन भने भागबन्डामा जहाँसुकै पारेपनि आर्थिक क्षेत्रमा महिला डोमिनेसन हुनै पर्छ । संविधानले पूर्णतया ३३ प्रतिशतको सहभागिताको सुनिश्चिता गरेको छ । यसलाई कार्यान्वयन गर्नकोलागि निकायहरुले अग्रसर लिन पर्छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहको हकमा कार्यन्वयनमा आइसकेका छन् । स्थानीय तहमा ५०/५० को हाराहारीमा जानुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ । नेपाली कांग्रेसको कुरा गर्ने हो भने विगतमा जे गल्ति गरिए पनि अहिले ३३ प्रतिशत महिला सहभागिता विधानमा व्यवस्था गरिएको छ । १४ औं महाधिवेशनबाट कार्यन्वयनमा आउँछ । यसमा थोरै समस्या भनेको पदाधिकारी चयनमा रहेको छ । आउँदो महाधिवेशनमा पनि पदाधिकारीमा ३३ प्रतिशत महिला सहभागिता रहलान भन्नेमा म सुनिश्चि छैन । त्यसकारण यसतर्फपनि हाम्रो ध्यान गइराखेको छ । नेताहरुलाई हामीले दवाव दिइराखेका छौं । अबको महाधिवेशनमा स्थानीयदेखि केन्द्रसम्म ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरेका छौं । क्रियाशिल सदस्यमा यसको महिलाहरुको सहभागिता बढाउन सकियो भने कार्यन्वयन गर्न समस्या आउने छैन । यस्तै, हाम्रो पार्टीमा मात्र होइन । नेकपाभित्र पनि सबै तहमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन पर्छ भन्नेमा छौं । अन्तरपार्टी महिला संजालमार्फत त्यो दवाव दिइराखेका छौं । मेरो असन्तुष्ट भनेको स्थानीय तह, प्रदेशसभा, संघीय संसदमा कार्यन्वयन भइसक्यो तर कार्यकारी अधिकार प्राप्त ठाउँमा अझै कार्यन्वयन हुन सकेको छैन । मन्त्रिपरिषद्मा १० प्रतिशत पनि पुग्न सकेको छैन । प्रदेश प्रमुख र प्रदेश मन्त्रिपरिष्दमा ३३ प्रतिशत पुर्यान हाम्रो विशेष पहल भएको छ । सिद्धान्ततः इतिहाँस बनाउने एक महिला भन्दा कानून बनाउने धेरै महिलाको जरुरी छ । कानून बनाउन ठाउँमा त ३३ प्रतिशत पुग्यो तर कानून कार्यन्वयन गराउने ठाउँमा पुगेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE