Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

पितृसतात्मक सोंचको अन्त्य नभएसम्म संघर्ष जारी राख्नुपर्छ

\"\" महिलाहरुले संवैधानिक र कानूनीरुपमा प्राप्त अधिकार दुनियाको अगाडि गर्व गर्न लायक छ । तर, कार्यान्वयनको कुरा अहिले पनि चुनौतिपूर्ण छ । अरु धेरै समाजिक साँस्कृतिक रुपान्तरणका कुराहरु जोडिएका छन् । त्यसलाई मापन गर्न गाह्रो हुन्छ । हाम्रो संविधानको धारा ३८ ले व्यवस्था गरिएको समानुपातिक, समावेसी र सहभागिताको कुरा गर्ने हो भने राज्यको कुनैपनि निकायमा अनिवार्य गरिएको छ । र, संघीय संसद्, प्रदेश संसद र स्थानीय तहमा कार्यान्वयन भएको छ । संविधानभन्दा बाहेक अझ कानूनले अनिवार्य गरेको ठाउँमा पनि कार्यान्वयन भइसकेको छैन । उदारहरणकोरुपमा राजनीतिक दलहरुको सबै निर्वाचित समितिमा कम्तिमा एक तिहाइ महिला सहभागिता रहनु पर्ने व्यवस्था दल दर्ता सम्बन्धी कानूनमा व्यवस्था भएको छ । तर त्यो कुरा आज कुनै पनि राजनैतिक दलले कार्यान्वयन गरेको छैन । यस्तै, संवैधानिक निकाय जुन राजनीतिक दल, सरकार भन्दा माथि हुनुपर्छ, कानून कार्यान्वयन भएनभएको अनुगमन गर्ने निकाय निर्वाचन आयोगले पनि ध्यान दिएको छैन । कानून कार्यन्वयको जिम्मा लिएको सर्वोच्व अदालतमा मुद्दा परेको पनि पौने दुई वर्ष भइसकेको छ । सर्वोच्वले पनि यसलाई प्राथमिकतामा राखेको देखिएन । समग्रमा राज्य संरचनानै महिला सहभागिता कानून कार्यन्वयन गर्न संम्वेदनशिल छैन । पहिलेको तुलना महिलाहरुले क्षमतापनि देखाउन थालेका छन् । जिम्मेवारी पाउँदा सफलतापूर्वक अगाडि बढ्न सक्छौं भन्नेमा हामी पुगेका छौं । त्यो व्यक्तिहरु अहिले पनि अन्तिम निर्णय गर्ने ठाउँमा बस्नुभएको छ, उहाँको महिलाप्रतिको दृष्टिकोण र महिलाहरुलाई आफुसमानको नागरिक नदेख्ने दृष्टिदोषको कारण चुनौति थपिएको छ । राजनीतिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि महिलाको क्षमता अभिबृद्धि भएको छ । भर्खरै सकिएको दक्षिण एशियाली खेलकुद् सागमा महिलाहरुले ल्याएको मेडलहरु हेर्दा पुरुषभन्दा महिलाले राम्रो ढंगले प्रदर्शन गर्न सक्छन् उदाहरण प्रस्तुत गरेका छन् । शिक्षाक्षेत्रमा देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको नतिजा हेर्दा ३१ वटा गोल्डमेडलमा १८ वटा त चेली छोरीहरुले ल्याएका छन् । त्यस्तै, अन्य क्षेत्रमा सामाजिक, आर्थिक तथा सामुदायीक वन, संघसंस्थाहरुमा महिलाहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । स्थानीय तहमा भएका जतिपनि अव्यवस्थाहरु छन् त्यसलाई नियन्त्रण गर्ने काम महिलाहरुले गरेका छन् । यी सबै काम गर्न सक्ने महिलाहरुले राज्यको संरचनामा चाहीँ काम गर्न नसक्ने हुन्छ ? २५ सदस्य मन्त्रिपरिषद्मा १३ जना महिलाले काम गर्न नसक्ने हुन्छ ? सबैको समानुपाति सभागिता गराउन संघीयता चाहिएको त्यसमै कमजोर स्थिति रहेको छ । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेश प्रमुख तथा प्रदेश मन्त्रिपरिषदमा महिला सहभागिता लगभग सून्य स्थितिम रहेको छ । यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? अन्य पार्टीले भन्दा कम्युनिष्ट पार्टीले महिला हकअधिकारको बढि कुरा गर्छ भनेर हामी गर्व गर्दै आयौं । अहिले कम्युनिष्ट पार्टीहरुलेनै सरकार चलाईरहेको ठाउँहरुको महिलाको स्थिति प्राय सून्य रहनु लाजमर्दो भएको छ । हामीले हिजो राजतन्त्र ढालेर गणतन्त्र आइसकेपछि सबै नागरिक समान हुन्छन भन्ने लक्षका साथ हामी आन्दोलनमा लागेका थियौं । समान हैसियत पाउनको लागि कुममा कुम जोडेर आन्दोलनमा महिलाहरु सक्रिय सहभागि हुनुभयो तर सँगसँगै आन्दोलनमा लागेको महिला शक्तिलाई समान हैसियतमा देख्न सकेन यो दृष्टिदोष हो । यो मानसिकता परिवर्तन नभएको अवस्था हो । यो स्थिति भनेको सामाजि, साँस्कृतिक संक्रमणको स्थिति हो । पितृ सत्तामा उभिएको संस्कार र संस्कृतिलाई आमुल परिवर्तन गरी मानवतामा उभिएको संस्कृतमा नबलिएसम्म पितृसत्ताको विरुद्ध संघर्षको स्थितिको अन्त्य हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending