काठमाडौं । उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।
केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।
‘निम्नवर्ग ग्यास नपाएर सास्ती व्यहोर्न बाध्य छन्। ग्यास पर्याप्त मात्रामा छ। नियमित रूपमा बढी परिमाणमा आयात भइरहेकाले थुपार्न आवश्यक छैन,’ पौडेलले भने, ‘चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं।’
पौडेलका अनुसार निगमले मार्चमा ४५ हजार टन हाराहारीमा ग्यास आयात गर्न ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगलाई उत्पादन प्रडक्ट डेलिभरी अर्डर ९पीडीओ० जारी गरेको छ।
निगमको ग्यास विभागका निर्देशक दीपक बरालका अनुसार निगमले हालसम्मकै सबैभन्दा बढी पीडीओ ९४५ हजार टन० मार्चमा जारी गरेको छ।
‘यसले नपुगे हामी थप ५ टनको पीडीओ जारी गर्न तयार छौं,’ बरालले भने, ‘यो माग अस्वाभाभिक रूपमा आएको छ। यति परिमाण कहिले खपत हुँदैनथ्यो। अत्यधिक खपत भए पनि ४० टनले पुग्थ्यो।’
अत्यधिक मागका कारण महिनाभरमा आयात हुने ४५ हजार टनमध्ये सात दिनमै १०५ प्रतिशतका दरले १३ हजार टन आयात भइसकेको छ। जब कि दैनिक खपत १ हजार पाँचका दरले सात दिनमा १० हजार ५ सय टन आयात हुनुपर्ने थियो।
निगमको तथ्यांकअनुसार सबैभन्दा बढी ग्यास खपत हुने समय जनवरी र केही कम फेबु्रअरीमा हो। सन् २०१८ को फेब्रुअरीमा २६ हजार १ सय ७४ टन ग्यास खपत भएको थियो। २०१९ फेब्रुअरीमा ३५ हजार ७ सय ५१ टन आयात भएको थियो । तर पछिल्लो समयमा विद्युतीय ऊर्जा नियमित आपूर्तिले गर्दा जाडो हुने समय जनवरी र फेब्रुअरीमा ग्यास खपत घटाएको छ।
गत जनवरीमा ३९ हजार १ सय २७ टन मात्रै ग्यास खपत भएको थियो। अघिल्लो जनवरीमा ४० हजार ४ सय ५७ टन खपत भएको थियो।
‘फेब्रुअरी अन्तिम सातादेखि ग्यासको माग ह्वात्तै बढेको छ,’ बरालले भने, ‘जुन पिक आवरमा अत्यधिक ग्यासको खपत बढ्नुपर्ने थियो। अहिले सर्वसाधारणले चाहिनेभन्दा बढी परिमाणमा सिलिन्डर भरेका कारण ग्यासको खपत बढेको हो।’
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास सञ्चितले बजारमा प्रत्यक्ष असर पारेको जानकारी दिए। उनले सर्वसाधारणलाई बढी सिलिन्डर सञ्चित नगर्न आग्रह गरे।
देशभरको कुल माग र खपतको ५० प्रतिशतका आधारमा सामान्य समयमा उपत्यकामा दैनिक ५० हजार थान सिलिन्डर खपत भइरहेको थियो। देशभर एक लाख सिलिन्डर खपत हुन्थ्यो। पछिल्लो समयमा उपत्यकामा दैनिक ७ हजार थान सिलिन्डर थप माग भएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: