Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राजपा–समाजवादी एकता : ‘टप टेन’ नेता नै समस्या

काठमाडौं । राजपा नेपाल र समाजवादी पार्टीबीच एकतामा शीर्ष नेताकै व्यवस्थापन बाधक बनेको छ । दुवै पार्टीका नेताहरूले प्रयास भइरहेको र चाँडै एकता हुने दाबी गरे पनि झन्डै डेढ वर्षदेखिको कसरत अझै निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लोपटक भने दुवैतर्फका शीर्ष १० नेताको व्यवस्थापन उल्झनजस्तो देखिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एकताका लागि संवादमा रहेका दुवैतर्फका नेताहरूका अनुसार सैद्धान्तिक सहमति बनिसकेको छ । फेरि एकतामा ढिलाइ किन रु राजपा र समाजवादीकै नेताहरू अनौपचारिक संवादमा भन्छन्, ‘एकीकरणका लागि दुवै पक्ष तयार छन् । र, मूल कुरा दुवैतिरका शीर्ष नेतृत्वको व्यस्थापनमा अड्किएको छ ।’ शीर्ष नेतृत्वको व्यवस्थापन नै एकतामा सबैभन्दा पेचिलो मुद्दा बनेको छ ।

शीर्ष नेतृत्वको अधिकार र हैसियत व्यवस्थापनमा गाँठो परेको छ । दुवैतिरका नेताहरू भन्छन्, ‘समाजवादी चार र राजपाका ६ नेताको वरीयता, अधिकार र हैसियत कसरी मिलाउने भन्नेमा अल्झिएको छ ।’

यसअघि कात्तिकको मध्यतिर उपेन्द्र यादवनिवास हात्तीवनमा भएको दुवै पक्षका शीर्ष नेताको बैठकमा एकीकृत पार्टीको नेतृत्व मोडलबारे छलफल भएको थियो । त्यसयता दुवै पक्षबीच अनौपचारिक कुराकानी चले पनि नेतृत्ववारे दुवै पक्ष मौन छन् । तर, शीर्ष नेता सबैले आफ्नो हैसियत र अधिकारबारे चाहिँ चासो राखेका छन् ।

एकताका लागि भएका विभिन्न चरणका वार्तामा सहभागी राजपाका एक नेताका अनुसार हात्तीवन छलफलमा यादवले महन्थ ठाकुरलाई सर्वमान्य नेता बनाउन तयार भए पनि राजपा अध्यक्षमण्डलका अन्य नेतालाई पदाधिकारी हैसियत मात्रै दिन सकिने प्रस्ताव गरेका थिए ।

यादवले ठाकुरपछि अहिलेजस्तै बाबुराम भट्टराई र त्यसपछि कार्यकारी अधिकार आफैँले पाउनुपर्ने चाहना राखेका थिए । राजेन्द्र महतोलाई चौथो वरीयतामा राख्न तयार भए पनि अधिकारबारे मुख खोलेका थिइनन् । महेन्द्र यादव र शरत्सिंह भण्डारीलाई अशोक राई र राजेन्द्र श्रेष्ठपछि राख्ने यादवको प्रस्ताव थियो ।

तर, राजपाले भने आदिवासी–जनजाति सबै क्लस्टर समेटिने गरी नेतृत्वमण्डल बनाउने प्रस्ताव गरेको छ । अशोक राईलाई उपेन्द्र यादवभन्दा माथि राख्न राजपाको प्रस्तावमा थियो । राजपाका एक नेता भन्छन्, ‘ठाकुर, भट्टराई र राईलाई अगाडि सार्ने र त्यसपछि सबै बसे पनि हुन्छ भन्ने छ ।’ तर, यादव यो मान्न तयार छैनन् ।

दुवै पक्षका नेता भने व्यवस्थापन मिल्ने विश्वासमा छन् । राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादव भन्छन्, ‘छलफल र संवादमार्फत सबै विषय टुंग्याउँछौँ ।’ उनले एकीकरणका लागि नेतृत्व व्यवस्थापन समस्या नपर्ने बताए ।

समाजवादीका महासचिव रामसहाय यादवले एकीकरणका लागि तयार दुई दलबीच नेतृत्व व्यवस्थापन भाँजो नपर्ने विश्वास जनाए । ‘एकीकरण गर्ने भएपछि दुवै पक्षले केही न केही कम्परमाइज गर्नैपर्छ,’ उनले भने । यादवले दुवै पार्टीसँग एकीकरणको अनभुव रहेको र जे गर्दा राम्रो पार्टी बन्छ त्यसरी नै अगाडि बढ्नुपर्ने आफ्नो मत रहेको सुनाए ।

अहिले राजपामा ६ सदस्यीय अध्यक्षमण्डल छ । दुई–दुई महिनामा नेतृत्व लिने चक्रीय प्रणालीअनुसार पार्टी चलेको छ । अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव छन् । त्यस्तै, समाजवादीमा संघीय परिषद् अध्यक्ष र कार्यकारी अध्यक्षको व्यवस्था छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई छन् भने कार्यकारी अध्यक्षको भूमिकामा उपेन्द्र यादव छन् ।

दुवै पार्टीको बैठकले एकता गर्ने निर्णय गरेका छन् र वार्ता समिति पनि बनाएका छन् । २८, २९ कात्तिकको समाजवादीको संघीय परिषद् र केन्द्रीय समिति बैठकले राजपासँग एकीकरण गर्ने निष्कर्ष निकाल्दै त्यसको अन्तिम टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो । त्यसअघि समाजवादीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएर राजपालाई औपचारिक पत्रसमेत पठाएको थियो ।

समाजवादीको पत्रसँगै राजपा अध्यक्षमण्डलको बैठकले पनि राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएको थियो । समाजवादी पार्टीसहित अन्य विचार र मुद्दा मिल्ने दलहरूसँग एकीकरण गर्ने राजपाको निर्णय छ । महतो नेतृत्वको समितिले समाजवादीलाई पत्रमार्फत एकीकरणको जवाफ दिँदै अनौपचारिक संवाद सुरु गरेको थियो ।

पछिल्लोपटक राजपाले एकताका लागि समाजवादी सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो । सुरुवातमा राजपाको सर्त अस्वीकार गरे पनि ८ पुसमा समाजवादी सरकारबाट बाहिरिसकेको छ ।

समाजवादी सरकारबाट बाहिरिनु एक साताअघि २ पुसमा राजपा र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमतिले समाजवादी र राजपाबीच फेरि दूरी बढेको थियो ।

राष्ट्रिय सभामा सहकार्य गर्ने राजपा–नेकपा सहमतिले समाजवादीलाई झस्काएको थियो, जसका कारण केही दिनसम्म एकता वार्तासमेत रोकिएको थियो । तर, राष्ट्रिय सभाको ९ माघमा भएको चुनावपछि भने राजपा र समाजवादीबीच फेरि एकताको प्रयास सुरु भएको छ ।

दुई वर्षअघि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका थिए । त्यसैअनुसार प्रदेश २ मा उनीहरूको संयुक्त सरकार छ । प्रदेशमा संयुक्त सरकार भए पनि केन्द्रमा विभाजित थिए । समाजवादी सरकारमा सहभागी भएको थियो भने राजपा विपक्षी बेन्चमा । समाजवादी सरकारबाट बाहिरिएपछि भने दुवै पार्टी विपक्षी बेन्चमा छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending