Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तीनकुने–सूर्यविनायकको जाम अध्ययन गर्न आयो जापानिज टोली

काठमाडौं । तीनकुने–सूर्यविनायक खण्डको कोटेश्वरमा देखिने सवारी जामको समस्यालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापन गर्न जापानी अध्ययन टोली काठमाडौं आइपुगेको छ।

आजकोे नेपाल समाचारपत्र दैनिकमा खबर छ - सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार जापानी सहयोग संस्था जाइकाका प्राविधिक टोली तीनकुने–सूर्यविनायक सडकको अध्ययन गर्न आएको हो।

‘जापानी टोली तीनकुने–सूर्यविनायक सडकको अध्ययन गर्नका लागि एक हप्ताअघि मात्रै आइपुगेको हो। उनीहरू अध्ययन गर्ने तयारीमा छन्। हामीले त्यसको सहकार्य गरिरहेका छौं,’ शर्माले भने ।

कोटेश्वरको जामको समस्या समाधान गर्न तीनकुने–सूर्यविनायक सडकलाई केन्द्रित गरी प्राविधिक टोली सम्भाव्यता अध्ययन गर्न आएको बताउँदै विभागका प्रवक्ता शिव सापकोटाले भने, ‘उनीहरूले अहिले आवश्यक तथ्यांक संकलन गर्नेछन्। एक वर्षभित्र सम्भाव्यता अध्ययनको प्रतिवेदन आउन सक्छ।’

विभागका महानिर्देशक शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गासमेत लिएर सडकलाई व्यवस्थित गर्न लागिएको बताए । तीनकुने–सूर्यविनायक सडक अन्डरपास भएर जाने वा फ्लाइओभर गर्ने भन्ने विषयमा अध्ययनपछि मात्रै भन्न सकिने महानिर्देशक शर्माले जानकारी दिए ।

चीन सरकारले कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड चौडासहित स्तरीयरूपमा विस्तार गरे पनि त्यसअघि बाँकी खण्ड चौडा नहुँदा पनि त्यसको चाप कोटेश्वरमा परिरहेको छ।

पिक आवरमा सूर्यविनायकबाट काठमाडौं छिर्न र फर्किन घण्टौं जाममा पर्नुपरेको यात्रुको गुनासो छ। सूर्यविनायक भएर सिन्धुलीको बाटो हुँदै चल्ने सवारीको चाप कोटेश्वरमै पर्दा यात्रु झन् समस्यामा परेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending