Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कर तिर्न सास्ती खेप्दै सेवाग्राही

काठमाडौँ । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ - धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।

करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ?

बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आउनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भने, ‘कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ ।’

आन्तरिक राजस्व कार्यालयमा कर तिर्न वा पान नम्बर लिन वा कुनै पनि कामविशेषले आउने प्रायः सेवाग्राहीको अनुभव यस्तो छ– सेवाग्राहीसँग बोल्नुपर्दा कर्मचारीहरू पैसा पर्छ झैँ गर्छन् । कैलालीको कैलारी गाउँपालिका रतनपुरका रमेश चौधरीले भने, ‘हामी करदातालाई कर्मचारीले उचित सम्मानसहित सेवा दिनुपर्ने होइन ? हामीले बुझाएको करले राज्य सञ्चालन हुन्छ, तलब सेवासुविधा पाउँछन् ।’

सेवाग्राहीको समय बर्बाद गर्न पाइँदैन
गौरीगङ्गा नगरपालिकाका लक्ष्मीराम आचार्यले आन्तरिक राजस्व कार्यालयले कर लिने तर सेवासुविधा दिन कञ्जुस्याइँ गर्ने गरेको अनुभव सुनाए । उनले भन, ‘अब कर तिर्ने व्यवस्था स्थानीय तहमै हुनुपर्छ । आन्तरिक राजस्व कार्यालय आएर घण्टौं लाइन लगाएर हामी सेवाग्राहीको समय बर्बाद गराउन पाइँदैन ।’

उनले स्थानीय तहमै कर तिर्ने व्यवस्था गर्न नसकिए भ्याट, पान, कर चुक्ताका अलगअलग डेस्क बनाएर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कैलालीको आन्तरिक राजस्व कार्यालयका कर्मचारीका लागि दिउँसो खाजा खाने समय एक घण्टा तोकिएको छ तर कुनै पनि दिन कम्तीमा डेढ घण्टाअघि कोही कार्यालयमा फर्कंदैनन् । ‘हामी करदाता तीन÷चार दिन खर्च गरेर यहाँ सेवा लिन आउँछौँ तर कर्मचारीले खाजा खाने नाममा घन्टौँ समय बिताउने गरेका छन्’, डोटीको जोरायल गाउँपालिकास्थित शिव सामुदायिक वन समूहका अध्यक्ष गौरीलाल छेडाल भन्छन्, ‘कर्मचारीले करदाता कति टाढाबाट सेवा लिन आएका हुन्, कति सास्ती भोगेका होलान् भन्ने कहिल्यै सोच्दैनन् ।’ छेडालले कर बुझाउन आउन तीन दिन समय लागेको बताए ।

राजस्व कार्यालयमा प्रायः पुस, चैत र असारमा सेवाग्राहीको ठूलो भीड लाग्ने गर्छ । करसम्बन्धी कुनै सेवा लिन घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । सेवाग्राहीको गुनासो छ– गर्मी र जाडोयाममा त जसोतसो लाइन लाग्छौँ तर वर्षायाममा ओत लाग्ने ठाउँ नभएकाले भिजेर लाइनमा बस्नुपर्ने बाध्यता छ ।

ठूलो भीड भएर सेवा लिन कठिनाइ हुने भएकै कारण केही सेवाग्राही सजिलो दिन रोजेर सेवा लिन आउने गरेका छन् । गोदावरी नगरपालिकाका भानसिंह ठगुन्नाले थरुहटद्वारा आह्वान गरिएको दुईदिने आमहडतालको अवसर पारेर आफूले छ महिनापछि बुधबार (फागुन २१ गते) कर चुक्ता प्रमाणपत्र लिएको बताउनुभयो । पश्चिम तराईका पाँच जिल्लामा थरुहटले मङ्गलबार र बुधबार हडताल घोषणा गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending