Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द

कूटनीतिक नियोगका पूर्वनिर्धारित कार्यक्रम रद्द
काठमाडौं । कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन्।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।

अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ।

यस्तै उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने गरी कार्यक्रम नगर्न सार्वजनिक आग्रह गरेको छ। कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।

‘कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले बढी भीडभाड हुने गरी कार्यक्रम नगर्न भनेका छौं’, ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले भने, ‘कार्यक्रम गरेमा कारबाही गर्ने नै होइन। तर, अहिलेको समयमा कार्यक्रम नगर्दा बेस हुने भन्दै आएका छौं।’

सार्वजनिक सभा, समारोहको आयोजनाका लागि सोेध्न सबैैलाई यस्तै आग्रह गर्दै आएको पनि अधिकारी पाण्डेले बताए ।

ललितपुरमा विशेषतः अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा तय गरिएका थुप्रै कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भएको उनले बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारिक कार्यक्रम रद्ध गरेको छ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन ९र्यालीसहितको साझा अभियान कार्यक्रम० र ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, कार्यालयले फागुपूर्णिमा ९होली० का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ। होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending