Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नेताहरूबीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गरेको शुभकामनामा सन्देशमा उनले आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाएको उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले सन्देशमा देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने बताएका छन् । “प्रधानमन्त्रीलाई घेराबन्दी गरेर राजनीतिक दाउपेच र षड्यन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो”, सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपाली महाअभियानका स्वप्नद्रष्टा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा यही बुधबार दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

“नेपाली जनतामा आशाका किरणहरु जागृत गराउने राष्ट्रनायक क। ओलीकै नेतृत्वमा देशले स्थायित्व पाएको छ । उहाँकै नेतृत्वकालमा साना साना समूहमा छरिएर रहेका कम्युनिष्ट मत एकीकृत बनेर देशकै ठूलो शक्तिका रूपमा उदाएको छ । लामो समयदेखि मुर्छित झैँ भएका नेपाली जनताका सपनाले जगमगाउने अवसर पाएका छन् । सुषुप्त अवस्थामा रहेको नेपाली जनताका समृद्धिका सपनाहरू जागेका छन्, आशाका किरणहरू उदाएका छन्,” सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “ओलीकै दूरदृष्टि सहितका योजनाको कार्यान्वयनको शुरुआती नतिजाले समृद्धिको यात्रा तय गराइसकेको आभाष मिलेको छ । देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ । आयात घटेको छ , निर्यात बढेको छ । स्वदेशी उत्पादनहरुको वृद्धि भएको छ । देशलाई फेरि पनि दलदलमा फसाएर आफ्ना स्वार्थ पूरा गर्न खोज्नेहरुप्रति नेपाली नागरिकको खबरदारी आवश्यक छ । देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने हुन्छ । राजनीतिक दाउपेच र षडयन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो । ”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending