सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए ।
क्यान्सरपीडित तथा ज्यान गुमाउने अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताए । दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताए । उक्त टोलका दुई÷तीन जनाको उपचार आफूले गरेको र सो टोलमा पिउने पानीमा समस्या रहेको विषय थाहा पाएको डा अधिकारीले बताए ।
क्यान्सरपीडित टोलमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण शुरु गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिडिइ राजेश कुशवाहले बताए । विभिन्न सञ्चारमाध्यममा समाचार गाउँमा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायतका सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको कुशवाहले बताए ।
पानी परीक्षणबाट टोलका चापाकलको पानीमा अत्यधिकमात्रामा आर्सेनिक फेला परेको छ । परीक्षणका क्रममा चापाकलबाट सङ्कलन गरेको पानीको नमूनाबाट ०.०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले बताए । सामान्यतया मानव स्वास्थ्यका हिसाबले ०।०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ । पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी सङ्कलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ । पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाका सिडिइ कुशवाहले बताए । वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेकाले तत्कालका लागि टोलको दक्षिण क्षेत्रमा ठूलो बोरिङ गाडेर मेसिनमार्फत प्रभावित टोलमा शुद्ध पानी वितरण गर्ने योजना रहेको उनले बताए ।
टोलका झण्डै ४०० परिवारमा क्यान्सरको त्रास रहेको भन्दै चापाकलको पानी प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन । विगत सात वर्षअघिदेखि टोलका केही चापाकलमा पहेँलो पानी आउने गरेको स्थानीय अमरलाल तामाङले बताए। उनका अनुसार नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने, लुगा धुँदा सफा नहुने गरेको छ । वडा कार्यालयले १६ क्यान्सर पीडितलाई उपचारका लागि सिफारिस गरेको र त्यसमध्ये केही उपचारका क्रममा रहेका तथा केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: