Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र स्थापना

कास्की । जिल्लाको मादी गाउँपालिका–१ को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकलाई सूचना तथा जानकारी उपलब्ध गराउन सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको १०० पर्यटकीय गन्तव्यमा समेत परेको सिक्लेस गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचना तथा पर्यटकीय स्थलका बारेमा अवगत गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

देशमा चलेको तत्कालीन १० वर्षे सशस्त्र सङ्घर्षको शान्तिपूर्ण अवतरणका लागि सिक्लेसबाट शुरु भएको शान्तिवार्ता सफल भएकाले यो ठाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित छ । तत्कालीन विद्रोही पक्षको नेतृत्व गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीबीच पहिलोपटक सिक्लेसमा नै वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत होमस्टेमा पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको रु १० लाख अनुदान तथा गाउँपालिकाको रु एक लाख गरी रु ११ लाख बजेटबाट सूचना केन्द्रको स्थापना भएको हो । दुई हजार २०० मिटर पदयात्रामार्ग र प्रतीक्षालय निर्माण गरिएको सिक्लेस घरवास पर्यटनका सचिव पदम गुरुङले बताए । गत वर्ष यहाँका २० घरमा घरवास शुरुआत गरिएको थियो ।

सिक्लेसस्थित बसपार्कमा एक कोठाको भवनमा सूचना केन्द्र स्थापना गरी गाउँका घरवास पर्यटन, होटल, पर्यटकीय गन्तव्य तथा गाउँका विशेषताका बारेमा जानकारी उपलब्ध गराइने उनको भनाइ छ । केन्द्रमा एक जना कर्मचारी समेत नियुक्त गरिएको छ ।

त्यसैगरी घरवास पर्यटन पूर्वाधारका लागि विनियोजित बजेटबाट चायकोबाट रिसिङ डाँडासम्म दुई हजार ३०० मिटर लामो पदयात्रा मार्ग निर्माण गरिएको समितिका अध्यक्ष ताइमाया गुरुङले बताए । पदमार्गमा पर्यटकलाई सहजताका लागि प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

यहाँको क्वफुचे हिमताल, हिमपहिरो हेर्न सकिने रिसिङडाँडा, तारा हिलटप, गुुराँसको जङ्गल तथा ‘सिक्लेस इको म्युजियम’ले पर्यटकलाई आकर्षित गरेको छ । सिक्लेसबाट चार घण्टाको पैदलयात्राबाट विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिएको हिमताल पुग्न सकिन्छ ।

त्यसैगरी गत वर्ष मात्र निर्माण गरिएको शान्ति स्मारकले समेत पर्यटक तान्ने गरेको छ । नेपालको शान्ति प्रक्रियाको अध्ययनका लागि समेत स्वदेशी तथा विदेशीसमेत यहाँ आउने गरेको बताइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसमा कार्यरत मधु बरालले वार्षिक सातदेखि आठ हजार आन्तिरक तथा बाह्य पर्यटकले यहाँको भ्रमण गरेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending