Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

तेघरीमा संस्थागत अतिक्रमण तीव्र

कैलाली ।२०७५ असोज १२ गते प्रदेशसभाको बैठकले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरी जंगलमा राख्ने निर्णय गर्यो।

आजको नागरिक दैनिकमा खबर छ - राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै वरपरका सामुदायिक तथा राष्ट्रिय वन पछिल्लो समयमा तीव्र अतिक्रमणको चपेटामा परेका छन्। संघ–संस्थाले अत्तरियामा रहेका सामुदायिक वनमा भवन निर्माणस्थल भन्दै साइनबोर्ड टाँसेर अतिक्रमण गर्न थालेका हुन्।

अत्तरिया बजारसँगै जोडिएको दुर्गालक्ष्मी महिला सामुदायिक वनमा संस्थागत अतिक्रमण तीव्र पारिएको छ। सामुदायिक वनको आधाभन्दा बढी जमिन संघ–संस्थाले अतिक्रमण गरेका छन्।

सामुदायिक वनमा साना किसान सहरकारी संस्था, बुद्ध मन्दिर, उद्योग वाणिज्य संघ, दलित संघले अतिक्रमण गरेका हुन्। गोदावरी नगरपालिकाले पनि खेलकुद प्रयोजनका लागि भन्दै सामुदायिक वनको जग्गामा घेराबेरा गरेको छ।

त्यस्तै, सामुदायिक वन समितिले वन हाताभित्र निर्माण गरेको गौशालामा अत्तरिया विकास मञ्च, गोदावरी होटल व्यवसायी संघ, मानवअधिकारका लागि गोदावरी एकल महिला समूहलगायत दर्जनभन्दा बढी संघ–संस्थाले संस्थागत अतिक्रमण गरेका छन्।

पछिल्ला दिनहरूमा विभिन्न संघ–संस्थाले रातारात सामुदायिक वनको जमिन अतिक्रमण गर्न थालेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष दुर्गा कडायतले बताइन्।

‘संघ–संस्थाले रातारात आएर सामुदायिक वनको जमिनमा भवन निर्माणस्थल लेखिएका साइनबोर्ड टाँसेर जान्छन्,’ उनले भनिन्, ‘बिहान हामी आएर उखेल्छौँ, राति उनीहरू आएर गाड्छन्।’

यो क्रम राजधानी घोषणा भएदेखि यहाँ चलिरहेको उनको भनाइ छ। ‘एक वर्षयता संस्थागत अतिक्रमणको चपेटामा सामुदायिक वन परेको छ,’ उनले भनिन्, ‘यसलाई जोगाउन राजनीतिक दलदेखि सरकारसम्म सबैको सहयोग जरुरी छ।’

सामुदायिक वनको जमिन अतिक्रमण गर्न सबैभन्दा पहिला नगरपालिका नै अगाडि बढेको बताउँदै उनले भनिन्, ‘हाम्रो जमिनमा नगरपालिकाले खेलकुदका लागि भन्दै बजेट हालेर पर्खाल लगायो।’

स्थानीयले सब–डिभिजन वन कार्यालय अत्तरिया र गोदावरी नगरपालिका कार्यालयमा वनक्षेत्रबाट पर्खाल हटाउन पटक–पटक दबाब दिए पनि कसैले नटेरेको उनले बताइन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending