Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नग्न तस्वीर देखाएर ब्लाकमेलिङ गरेपछि प्रीतिले गरिन् आत्महत्या

मोरङ । आफैंले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या गरेकी छन्।

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् ।

उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ कि प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार फागुन ८ गते प्रितीले आत्महत्या गरेपछि प्रहरीले सुसाइट नोट फेला पारेको थियो । सुसाइट नोटमा दुईवटा फेसबुक एकाउन्टबाट नग्न तस्वीर देखाएर आफूलाई ब्लाकमेलिङ गरेको उल्लेख थियो।

ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट नग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने डर देखाइएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

उनका अनुसार एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् ।

प्रहरीकाको प्रारम्भिक अनुसन्धानअनुसार ऋषिराम भट्टराई प्रितीलाई पहिलादेखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए ।

त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध भएको र ऋषिरामले भिडियो बनाएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए।

सोही भिडियोलाई प्रयोग गरी पटकपटक प्रीतिसँग रकम असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रीतिबाट ऋषिरामले ५५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

उनले विभिन्न मितिमा धम्की दिँदै पैसा असुल्ने गरेको र पैसा नभएपछि आफूले आत्महत्याको बाटो रोजेको मृतक प्रीतिले उल्लेख गरेको सुसाइड नोटमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भट्टराईले एक वर्षयता नग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरेको बताए । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएको खुलेको छ।

प्रीतिले आत्महत्या गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने धम्की दिएका थिए। तर उनीसँग पैसा थिएन। मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए।

सुसाइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending