Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निजगढ विमानस्थलमा पनि यतीको चलखेल

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ।

आजको नागरिक दैनिकमा खबर छ - सातवटा कम्पनीले आशयपत्र पेस गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल लगानी बोर्डले अघिल्लो महिना जुरिक एयरपोर्ट इन्टरनेसनल एजीलाई परियोजनाको विकास र सञ्चालनका निम्ति काम गर्न एकमात्र कम्पनीको रुपमा छनोट गरेको हो।

जुरिक अन्तर्राष्ट्रिय एयरपोर्टको स्थानीय एजेन्ट यती ग्रुप रहेको र यही ग्रुपको सस्थागत स्वार्थ पूरा गर्न लगानी बोर्डले यो निर्णय लिएको बोर्डका एक अधिकारीले नागरिकलाई बताए। गत वर्षको सेप्टेम्बरमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको बैठकले जुरिक एयरपोर्टलाई छनोट गरेको सूत्रले बतायो। यति ठूलो परियोजनाका लागि प्रतिस्पर्धा नगराई एकमात्र कम्पनीलाई छनोट गरिनु शंकास्पद रहेको पनि उक्त सूत्रले बतायो।

‘प्रतिस्पर्धामा रहेका अरु ६ कम्पनीलाई मापदण्ड पूरा नगरेको भन्दै प्रतिस्पर्धा नै गर्न दिइएन जब कि एसियामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको कुनै अुनभव नभएको जुरिक एयरपोर्टलाई छानियो,’ स्रोतले भन्यो।

गत मंसिर महिनामा रुख कटानीका कारण वातावरणमा पर्ने नकारात्मक प्रभावको छानबिन गर्नुपर्ने भनेर सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा रोक लगाएकाले बोर्डको निर्णय अगाडि बढ्न भने सकेको छैन।

लगानी बोर्डको यो निर्णयले यती ग्रुपलाई ठूलो वित्तीय फाइदा हुने देखिएको छ। निजगढ विमानस्थलको निर्माण परियोजनाका लागि ३ खर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सन् २०१९ मा भएको लगानी सम्मेलनमा यो परियोजनालाई महत्वका साथ प्रस्तुत गरिएको थियो।

‘स्विस कम्पनी भने कानुनी अडचनको स्थिति कसरी अगाडि बढ्ला भनेर पर्ख र हेरको स्थितिमा छ’, बोर्डसम्बद्ध सूत्रले भन्यो। लगानी बोर्डले जुरिक एयरपोर्ट नै छनोट हुने हिसाबले आशय पत्र बनाएको पनि सूत्रले बतायो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending