Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

यसरी हुदैछ इटहरीमा यौनधन्दा, बीस वर्ष मुनिका युवती बढी

इटहरी । देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ। महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘सेक्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ । यी मध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल सम्पर्कका आधारमा ‘सेक्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ। जसमा बढी मात्रमा मंसिरदेखि माघसम्म तीन महिनाको अवधिमा बढी मात्र ‘सेक्स वर्कर’ महिलाको चहलपहल हुने गरेको महिला सहयोगी समूहकी बिमला ठकुरीले जनाइन् ।

उनका अुसार, विशेषगरी तीन महिनामा भारतीय ग्राहक बढी मात्रमा आउने गर्छन् । ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने महिलाले पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्थे । अचेल पनि होटल प्रयोग गर्न छाडेका छन् ।

‘सेक्स वर्कर’ महिलाले पछिल्लो समय होटलभन्दा पनि विशेषगरी घर कोठा भाडामा लिएर सुरक्षित स्थान रोज्ने गरेको पाइएको छ,’ उनले भनिन, बढी मात्रमा भेडेटार त्यसमा पनि घरका कोठा लिएर मोवाइल सम्पर्कका आधारमा सेक्स वर्करको काम गर्ने गरेको खुलेको छ।’

उनका अनुसार, भारतीय नागरिकसँगै नेपालका विभिन्न क्षेत्रका नागरिक पनि ग्राहक बनेर आउने गरेका छन् । तथ्याङ्क अनुसार अविवाहित किशोरी आधाजसो भए पनि अरु भने विवाहित महिला नै भएको रहेको पत्ता लागेको छ। विवाहित महिलाका कतिपय श्रीमान विदेश गएका र कतिपय श्रीमानसँग सम्बन्ध नराम्रो भएका महिलाले सेक्स वर्कर’ को रुपमा काम गर्ने गरेका छन् । सेक्स वर्कर किशोरीको संख्या बढ्नुमा प्रविधिको बढ्दो दुरुपयोग, अरुको लहैलहैमा लाग्नु र अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छा नबुझ्नु मुख्य कारक रहेको छ ।

किशोरीलाई कुनै पनि पुरुषसँग सामाजिक सञ्जाल, मोवाइल, फोनलगायतको प्रविधीले हरेकलाई भेटघाट र संवादका लागि सहज बनाएको छ। प्रविधीको गर्दा उनीहरुलाई रोमन्समा समेत पहुँच पुगेको छ। बालबच्चा भएका महिला ‘सेक्स वर्कर’ वर्षेनी ३० जना हाराहारी सम्पर्कमा आउने गरेका छन् । महिला सहयोगी समूहका अनुसार, थुप्रै महिला अहिले संस्थाको सम्पर्कमा छैइनन् । ‘सेक्स वर्कर’ रुपमा काम गर्ने कतिपय महिलाले छोराछोरी त्यागेका छन् । त्यसरी महिलाले त्यागेका छोराछोरी सडक बालबालिका बन्ने गरेका छन् ।

तथ्याङ्क अनुसार, भौगोलिक रुपमा टाढा भएकैले आफ्ना श्रीमानसंग सम्बन्ध बिग्रिएर सेक्स वर्करको रुपमा काम गर्ने गरेको पनि पाइएको छ। विवाहित पुरुषले पनि विदेश गएका श्रीमानका श्रीमतीसँग यौन सन्तुष्टि र पैसाका लागि सम्बन्ध गाढा बनाउने गरेको पाइएको छ। ‘सेक्स वर्कर’ को रुपमा काम गर्ने थुप्रै महिला मानसिक रोगी समेत भएका छन् । विशेषगरी ५० वर्ष पार गरेका महिला मानसिक रोगी रहेकोमा अहिले पनि १२ जना हाराहारीमा यस्तो समस्या देखिएको महिला सहयोगी समूहकी अध्यक्ष कमला खड्काले जानकारी दिइन् ।

‘सेक्स वर्कर यही गतिमा बढेमा समाजमा भयावह स्थिती सृजना हुन सक्छ,’ खडकाले भनिन् ‘हामी निरन्तर रुपमा सचेतना अभियानमार्फत व्यापार–व्यवसाय गर्न प्रोत्साहन गर्दै आएका छौं ।’ उनका अनुसार, अहिलेसम्म दस जना ‘सेक्स वर्कर’ महिलाले व्यापार–व्यवसाय गर्दै आएका छन् । ‘सेक्स वर्कर महिलालाईं सरकारी निकायले नै बैकिल्पक काम गर्ने वातावरण सृजना गर्न ध्यान दिनुपर्छ,’ उनले भनिन, ‘पछिल्लो समय त धेरै सेक्स वर्कर किशोरी बढकोले गर्दा अभिभावकको पनि ध्यान जानु आवश्यक छ।’

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending