काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।
बलात्कार अभियोगमा गत असोज १९ पक्राउ परेका महराले चार महिना १३ दिन थुनामा विताएका छन् । अर्थात एक सय ३३ दिन महरा थुनामा विताएका छन् । महरा अहिले डिल्लिबजार कारागारबाट आवश्यक कानूनी प्रकृया पुरा गरी आफ्नो निवास खुमलटार गइसकेका छन् ।
संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुराचारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजिनामा दिएका थिए । जिल्ला अदालत काठमाडौले अनुसन्धान अधिकारीलाई पक्राउ गर्न आदेश दिएपछि उनी असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।
२०७६ असोज १२ संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो । एक अनलाइन मिडियाले सो घटनाको भिडियो फुटेजसहित १३ असोजमा सार्वजनिक गरेपछि महरा र उनको सचिवालयले आरोप अस्वीकार गर्दै विज्ञप्ति जारी गर्न पुग्यो । आरोपमाथि महराको सचिवालयले कर्मचारी समायोजनमा भनेको ठाउँमा नपरेपछि आफूमाथि रिस पोखिएको बताएको थियो ।
पछि महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतबाट अनुसन्धान गर्दा प्रहरीले महरा महिलाको डेरामा पुगेको निष्कर्ष निकाल्यो । यसरी महरा प्रकरण चर्किंदै गएपछि असोज १४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दियो ।
पार्टीको निर्देशनपछि महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट राजीनामा दिएन् । महराको राजीनामा आएलगत्तै पीडित महिलाले भिडियोमार्फत बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको बताइन् थिइन ।
तर प्रमाणका आधारमा काठमाडौँ जिल्ला अदालतले महरा कसुरदार नठहरिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि महरा असोज १९ गते पक्राउ परे । पक्राउपछि उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखियो थियो । अदालतले महरालाई सफाइ दिएपछि निलम्बनमा रहेको उनको सांसद पद भने फुकुवा भएको छ ।
नेपालको इतिहाँसमा महरा काण्डले चर्चित यस घटनाको बुँदागत घटनाक्रम यस्तो रहेको छ ः
२०७६ असोज १२ गते संसद सचिवालयकी एक महिलामाथि बलात्कार गरेको अभियोग
२०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा
२०७६ असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ, त्यसको केही दिनमा मुद्दा दर्ता
२०७६ कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
२०७६ मङ्सिर ५ गते उच्च अदालतमा महराबाट पुनरावेदन
२०७६ पुस ३ गते थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर
२०७६ फागुन ५ गते जिल्ला अदालतबाट सफाइ
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: