तुलसीपुर । दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न बाँकी छ ।
गढवा गाउँपालिकाका तीन र राप्ती गाउँपालिकाका चार बाहेक दाङका दश स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । उपमहानगर तथा नगरपालिकाले वडा–वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले पनि वडावडामा स्वास्थ्य संस्था पुर्याउने कसरत थालिरहेका छन् ।
वडा तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल रोकायले बताए । “हामीले आधारभूत सेवाका लागि घरआँगनमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यसले बिरामीलाई सहज बनाएको छ ।”
तुलसीपुर उपमहानगरपालिकाका १९, घोराहीका १९, लमही नगरपालिकाका नौ, शान्तिनगर गाउँपालिकाका सात, राजपुरका सात, दङ्गीशरणका सात, बबईका आठ, बङ्गलाचुलीका आठ वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका नौमध्ये चार वटामा स्वास्थ्य संस्था पुग्न सकेका छैनन् भने गढवाका आठमध्ये तीन वटामा स्वास्थ्य संस्था पुग्न सकेको छैन ।
यसरी गाउँमै स्वास्थ्य संस्था सञ्चालनमा आएपछि विगतजस्तो समस्या नभएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । “विगतमा विकट क्षेत्रका नागरिक उपचारलाई बजार नै आउनुपर्ने अवस्था थियो, त्यसले आवतजावतमा खर्च धेरै लाग्ने तथा सामान्य बिरामी भए बजार क्षेत्रमै आउने अवस्था थियो”, उनले भने, “अहिले त्यस्तो अवस्था छैन्, केही बिरामी पर्यो कि गाउँकै स्वास्थ्य संस्थामा पुग्छन् ।” अहिले विकटका वडामा एम्बुलेन्सको व्यवस्था गरिएकाले बिरामी भएपछि सहजै बजार आउन सकिने उनको भनाइ थियो ।
पछिल्लो समय जनप्रतिनिधिले जनतामाझ गरेको बाचा पूरा गर्न यसरी वडा–वडामा स्वास्थ्य संस्था सञ्चालन गर्ने गरेको भन्दै यसले जनतालाई सहज स्वास्थ्य सेवा प्रदान भएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले बताए । अब दुई÷तीनवटा वडालाई पायक पर्ने गरी विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था सञ्चालन गर्न सके प्रभावकारी हुने सरोकारवालाले बताएका छन् । दाङका प्रत्येक स्थानीय तहमा १५ श्य्याको अस्पताल बनाउने योजनाअनुसार बङ्गलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।
अन्य स्थानीय तहले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । तुलसीपुरमै राप्ती आँखा अस्पताल छ । घोराही, तुलसीपुर, लमहीलगायतमा विशेषज्ञ सेवासहितका निजी अस्पताल सञ्चालित छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: