Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

गलकोट । नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि पारित गरेको दुई महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो ।

जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम शुभारम्भ गरेका थिए ।

“विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाइ भएको थियो” उपप्रमुख रानाले भने, “बालअधिकार चेतना समूहबाट शुरु कार्यक्रम नगरपालिकाका २२ सामुदायिक विद्यालमा लागू हुनेछ ।” सो नगरपालिकास्थित सामुदायिक विद्यालयका एक हजार ७८७ छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिए । महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटा वितरण गरिने उनको भनाइ थियो । महिनाबारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या समधानका लागि सरकारले थालेको अभियान सफल बनाउन नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताए ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी रु एक अर्ब २७ करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies