Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

भूकम्प प्रभावित चार सय सम्पदाको पुनःनिर्माण सम्पन्न

काठमाडौ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ ।

बाँकी ४० प्रतिशत सम्पदा आव २०७८÷७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

“भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ”, उनले भने ।

सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने जानकारी मन्त्री भट्टराईले गराए । पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिेने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उनले सुनाए । पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिए । त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौँ विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उनले बताए ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिए । सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उनले गरे ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको सुनाए। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको जानकारीसमेत उनले गराए।

विभागका प्रमुख पुरातत्व अधिकृत डा सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराए । तीमध्ये हालसम्म १०१ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending