काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ ।
सिँचाइ नहुँदा थोरै मात्रै उब्जनी हुन्थ्यो । थोरै अन्नले परिवारको वर्षभरिको साँझ–बिहानको छाक टार्न निकै मुस्किल हुन्थ्यो । अन्नले छ महिना धान्न नसकेपछि यहाँका अधिकांश बासिन्दा भारतमा मजदुरीमा जान बाध्यता थियो ।
सिँचाइको व्यवस्था नहुँदा बुहारी भित्र्याउन यहाँका बासिन्दालाई सहज थिएन, वडाध्यक्ष शङ्करसिंह कुवँरले भने, “बुहारी खोज्न जाँदा सिँचाइको व्यवस्था भए÷नभएको यकिन गर्दथे । अन्न थोरै उत्पादन हुँदा बुहारी पाउन विगतमा निकै अप्ठ्यारो नै थियो ।”
“खानेपानी टाढाबाट बोकेर ल्याउनु पर्दथ्यो । यही समस्यालाई मध्यजनर गर्दै गाउँपालिकामा निर्वाचित पछि पहिलो प्राथमिकतामा सिँचाइलाई राख्यौँ । उनले भने, “स्थानीय बासिन्दाका खेतमा हाल सिँचाइ सुविधा पुगेको छ । उनीहरुलाई वर्षभरि खान पुग्ने भएको छ । उत्पादन बढेको छ । ”
खानेपानी र सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन विगतको जस्तो स्थानीय बासिन्दाले सास्ती खेप्नुपर्ने अवस्थाको नभएको वडाध्यक्ष कुवँरलले बताए । सिँचाइको व्यवस्थाले स्थानीय बासिन्दा व्यावसायिक केराखेती र तरकारी खेती गर्न थालेका छन् । आम्दानी तीन गुणाले बढेको छ । घरमै बसीबसी कमाई गर्न थालेका छन् ।
स्थानीय दानी गिरी सिँचाइ र खानेपानीको अभाव नभएको बताउछन् । खेतमा सिँचाइ त परको कुरा हो, विगत सम्झँदै उनले भने, “खानेपानीका लागि पनि सास्ती खेप्नु पर्दथ्यो । पहाडबाट तराई झर्दा सुखको अनुभूति गरी आएका थियौँ । यहाँ आएपछि निकै कष्ट सह्यौँ । हाल जनप्रतिनिधि निर्वाचित भएर आएपछि खानेपानीसँगै खेतमा सिँचाइको सुविधा पुगेको छ ।”
चुरे क्षेत्र नजिकको बासिन्दा भनेपछि कसैले पनि छोरी दिन मान्दैनथे । हाल सडक, सिँचाइ, खानेपानीको व्यवस्था भएपछि बुहारी ल्याउन विगतको जस्तो छैन उनले भने, “नजिकैको चुरे क्षेत्रमा रहेको धार्मिक क्षेत्रमा समेत सडकसहितका पूर्वाधार विकास हुन थालेको छ ।”
महाकाली सिँचाइ आयोजनाले समेत चुरे क्षेत्रका बासिन्दालाई छोएको छैन । आव २०७६÷७७ मा सिँचाइ र खानेपानीको आपूर्तिलाई निरन्तर गर्नका लागि वडा कार्यालयले १०० केभीका दुई ट्रान्सफर्मर जडानसँगै सिँचाइ कुलो मर्मत, पक्की कुलो निर्माण, भूमिगत सिँचाइ मर्मतसम्भारको काम गरेको छ । आव २०७४÷७५ र आव २०७५÷७६ को असार मसान्तसम्ममा वडा कार्यालयले बैजनाथ, पशुपति, राधाकृष्ण, ज्योति, केदार, शिवशक्ति, दुर्गा, श्रीकृष्ण, अस्मिकेदार, सिद्धनाथ, भूमिराज लगायत टोलमा झण्डै रु एक करोड बढीको लगानीमा डिप ट्युबेल, स्योलो ट्युबेल जडानसँगै समरसिल पम्प खरीद, पाइप खरीदलगायतका काम सम्पन्न गरेको छ ।
डेढ दर्जन बढी डिप ट्युबेल सिँचाइ सुविधाका लागि निर्माण गरी स्थानीय किसानको खेतमा सिँचाइ सुविधा पुर्याइएको वडाध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार निर्माण गरिएको एक डिपट्युबेलबाट ६० बिघा जग्गामा सिँचाइ सुविधा उपलब्ध हुन्छ । डिपट्युबेल र स्यालोट्युबेलबाट झण्डै ८०० बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । वडामा एक हजार ८४ परिवारको बसोबास छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: