काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार नेपालले अमेरिकाको सामना गर्दैछ। विश्वकप क्रिकेट लिग-२ मा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि गत बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली ओमानसँग १८ रनले पराजित भएको थियो।
जारी त्रिकोणात्मक शृंखलामा हालसम्म ओमानले दुई तथा नेपाल र अमेरिकाले एक/एक खेल खेलेका छन्। ओमान दुवै खेलमा विजयी भएको छ। बिहीबार खेलिएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेपाल र अमेरिकाबीच शृंखलाको तेस्रो खेल हुन लागेको हो।
विगतमा झैं यसपटक पनि नेपाली टोलीको ब्याटिङमै समस्या देखिएको छ। आफ्नो पहिलो खेलमा नेपाली टोली ओमानले दिएको एक सय ९८ रनको लक्ष्य भेट्टाउन पनि असफल भएको थियो। उक्त खेलमा नेपाली टोली ४६.५ ओभरमा केवल एक सय ७९ रन बनाउँदै अलआउट भएको थियो।
नेपालका लागि शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप लामिछानेले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। केवल चार रनको कुल स्कोरमै नेपालले आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो। कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का ओपनिङ जोडीका रूपमा ओर्लिएका थिए। ज्ञानेन्द्र एक र त्यसलगत्तै पारस तीन रनमा आउट भएका थिए।
शरदले ५५, दीपेन्द्रले ३६, विनोदले २६ र सन्दीपले २८ रन बनाएका थिए। अघिल्लो खेलमा घाइते भएका कारण सम्भवतः अमेरिकाविरुद्घ शरद ब्याटिङमा देखा पर्ने छैनन्। उनको अनुपस्थिति नेपाली टोलीका लागि थप घाटाको विषय बन्न सक्छ। त्यसैले पनि अमेरिका विरुद्घको खेलमा नेपालले आफ्नो ब्याटिङ सुधार्नु आवश्यक देखिन्छ। जारी शृंखलामा बलियो देखिएको ओमानविरुद्घको खेलमा अमेरिकाले पूरै ओभर खेल्दै दुई सय १३ रन बनाएको थियो। अमेरिकाका लागि मध्यक्रमका ब्याट्सम्यान इयान हल्यान्डले ६५ र अक्षय होमराजले ४४ रन बनाएका थिए।
आईसीसी विश्वकप क्रिकेट लिग- २ मा हालसम्मको प्रदर्शन हेर्दा पनि अमेरिका निकै बलियो देखिन्छ। हालसम्म नौ खेल खेलेको अमेरिका १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। अमेरिकाले ६ जित र तीन हारको नतिजा निकालेको छ। आठ खेल खेलेको ओमान ६ जित र दुई हारबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ। समान अंक भए पनि ओमान रनरेटमा पछाडि परेको हो।
यसैगरी आठ खेल खेलेको स्कटल्यान्ड नौ अंकसहित तेस्रो, सात खेल खेलेको नामिबिया आठ अंकसहित चौथो, सात खेल खेलेको संयुक्त अरब इमिरेट्स सात अंकसहित पाँचौं, एक खेल खेलेको नेपाल शून्य अंकसहित छैटौं र आठवटै खेलमा पराजित भएको पपुवा न्युगिनी सातौं स्थानमा छन्। माघ २९ गतेसम्म चल्ने लिग-२ त्रिकोणात्मक शृंखलामा सहभागी तीनवटै टोलीले चार/चार खेल खेल्नेछन्।
माघ २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमान, २८ गते अमेरिका र ओमन तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। लिग-२ शृंखला भनेको सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा पुग्ने बाटो पनि हो। प्रतियोगिताको समाप्तिपछि शीर्ष तीन टोली सीधै विश्वकप छनोट चरणमा पुग्नेछन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: