Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

छाउमा घर बस्न पाएपछि महिला खुसी

बाजुरा। निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउनु हुन्थेन । आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपथ्र्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उहाँ बस्ने छाउगोठ भत्काए । त्यसपछि उहाँ महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सर्नुभयो ।

“म सधैँ यही कोठामा सुत्थेँ,” घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उनले भनिन्, “सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।” घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उहाँले बतार्इन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ ।

“म छाउ हुँदा यो कोठाबाट घरका मान्छेको माथिल्लो तला जान नहुने भएकाले यो बाटो थुनिएको हो,” सन्तान बच्चालाई स्तनपान गराइरहेकी पवित्राले त्यसका कारण खुलाइन् । घरभित्रबाट लिस्नो चढ्ने बाटो थुनेर बाहिरबाट बार्दली हुँदै चोटामा जाने भ¥याङ लगाइएको छ । कुँवरले भनिन्, “सरकारले छाउगोठमा नबस भनेपछि उपाय त गर्नैप¥यो, त्यसैले छाउगोठको ढुङ्गामाटो लगाएर श्रीमान्ले भ¥याङ बनाउनुभयो, आफ्नै कोठामा बस्न पाउँदा खुसी लागेको छ ।”

बूढीगङ्गा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ सालमै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies