Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेकाे उक्त प्रस्ताव बैठकले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

प्रस्ताव माथिको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनाराण विडारीले भ्रष्टाचारका विविध रुपलाई नियन्त्रण गर्ने व्यवस्था विधेकयमा समेटिएको भन्दै दायित्व पूरा गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउने व्यवस्था सकारात्मक भएको बताए ।

समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले विधेयकले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले साना प्रकृतिको भ्रष्टाचारमा सजाय बढाइएको र ठूला भ्रष्टाचारमा सजाय यथावत् राखिएको भन्दै उनले समानताका आधारमा कसुरको सजाय तोक्नुपर्ने बताइन् । प्रस्ताव माथिको छलफलमा सांसद जितेन्द्रनारायण देव, रामप्रीत पासवान, प्रकाश पन्त लगायतले भाग लिएका थिए ।

‘छिप्पिएको भ्रष्टाचार नियन्त्रण कष्टकर’

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले नेपालमा भ्रष्टाचार बालक अवस्थामा नभई छिप्पिएको अवस्थामा पुगको भन्दै छिप्पिएको भ्रष्टाचार नियन्त्रण गर्नु कष्टकर भएको बताए ।

सर्वसाधारणदेखि पहुँचवाला व्यक्तिसम्मले गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले विधेयकको सैद्धान्तिक छलफलमा सहभागी भएर रचनात्मक मार्गनिर्देश गरेकोमा सांसदको भूमिकाको सराहना गरे ।

अदुअआ (तेस्रो संशोधन) विधेयक, २०७६ विधायन व्यवस्थापन समितिमा

बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।

मन्त्री ढकालले प्रस्तुत गरे ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरी विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेकोे हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending