Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अहिलेसम्मकै महँगो कुखुराको मासु, प्रतिकिलो ४२०, अन्डा प्रतिगोटा रू१५

काठमाडौँ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ त्यति मात्रै होइन, ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैँले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका थिए ।

१० दिन उनीहरूले गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो । मंसिरको अन्तिममा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । त्यसैगरी, अन्डाको भाउ प्रतिगोटा १५ रुपैयाँमा किनबेच भयो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म देशभर चल्ला उत्पादन बन्द गरेका थिए । यसबीचमा चल्ला खाल्डोमा हालेर नष्ट गरिएको थियो । केही फार्ममा जबर्जस्ती घुसेर चल्ला बसेको क्रेटमा तातोपानी खन्याएर मारिएको थियो । यसरी भएका चल्ला नष्ट गर्ने र १० दिन उत्पादन नगर्ने संघको निर्णयले देशभर चल्लाको हाकाकार भयो र १० रुपैयाँ प्रतिगोटाको चल्लाको भाउ डेढ महिनामा ६० रुपैयाँ पुग्यो । त्यसभन्दा अघि देशभर रहेका करिब ३ सय ह्याचरी उद्योगले प्रतिसाता ४५ लाख चल्ला उत्पादन गर्दै आएका थिए । बजार माग भने ३५ लाख चल्लाको मात्र थियो ।

नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले क्रमशः बजार मूल्य सुधार हुँदै गएको बताए । ‘चल्लाको लागत ५५ रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘तर, हामी १०–१५ रुपैयाँमा बेच्न बाध्य थियौँ ।’ पुस पहिलो सातासम्म उत्पादन नगरेपछि चल्लाको मूल्यमा सुधार भई २० रुपैयाँ पुगेको थियो । पुस अन्तिम साता ३० रुपैयाँ पुगेको चल्लाको भाउ माघ लागेपछि ४० रुपैयाँमा बिक्री हुन थाल्यो । बिहीबारसम्म ४० रुपैयाँ प्रतिगोटा रहेको चल्लाको भाउ आइतबारबाट बढाएर ६० रुपैयाँ पुर्‍याइएको छ ।

अन्डा उत्पादकले आइतबार प्रतिक्रेट ३ सय ५ रुपैयाँमा बिक्री गरेका थिए भने उपभोक्ताले न्यूनतम ३ सय ८० रुपौयाँमा किन्नुपरेको छ । उत्पादकले बेचेको अन्डा तीन तह पार गरेर उपभोक्तासम्म आइपुग्ने भएकाले थप महँगिने गर्छ । अन्डा उत्पादक महासंघका अध्यक्ष शिवराम केसीका अनुसार उत्पादकबाट डिलरले अन्डा किन्छन् । डिलरले खुद्रा विक्रेतालाई दिन्छन् । त्यहाँबाट किराना पसल हुँदै उपभोक्तासम्म पुग्छ ।

आइतबार काठमाडौंका खुद्रा व्यवसायीले प्रतिक्रेट ३ सय ५० रुपैयाँमा किनेर उपभोक्तालाई अन्डा ३ सय ८० रुपैयाँमा बिक्री गरेका छन् । एक साताअघि भने ३ सय ४० रुपैयाँ थियो । मंसिर अन्तिम साता काठमाडौंमा प्रतिक्रेट अन्डा ३ सय २० रुपैयाँ थियो । हाल मुुलुकभर करिब ३२ लाख अन्डा प्रतिदिन आपूर्ति भइरहेको छ । मागअनुसारकै उत्पादन र आपूर्ति रहेको अध्यक्ष केसीले जानकारी दिए ।

चितवनका पोल्ट्री व्यवसायीले आइतबार जिउँदो कुखुरा २ सय २० रुपैयाँमा बिक्री गरे । काठमाडौंमा २ सय ५० रुपैयाँसम्म किनबेच भयो । कोल्डस्टोरले भने कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाँमा बिक्री गरेका छन् । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

कुखुरापालक संघका अध्यक्ष झनक पौडेल २ सय ५० रुपैयाँमा पोल्ट्री व्यवसायीले बिक्री गरेको कुखुरा उपभोक्ताले बढीमा ३ सय ५० रुपैयाँमा पाउनुपर्ने बताउँछन् । ‘कोल्डस्टोरले जाडोमा ९० रुपैयाँसम्म जोडेर बिक्री गर्न पाउने मौखिक सहमति छ,’ उनले भने, ‘त्यसपछि मासु पसलले प्रतिकिलो १०–२० रुपैयाँ नाफा राखेर उपभोक्तालाई बेच्ने हो ।’ अहिले काठमाडौंको बजारमा बढेको मूल्य कृत्रिम भएको र यसले कुखुरा उत्पादनमा असर पर्ने उनको भनाइ छ ।

संघका अनुसार देशभर करिब ९ लाख किलो कुखुराको मासुको माग छ । अहिले ३० प्रतिशत उत्पादन घटेको छ । ‘चल्लाको भाउ बढेको छ । पहिले १५–२० रुपैयाँमा किनेको चल्ला अहिले ६० रुपैयाँ प्रतिगोटामा किन्नुपरेको छ । ह्याचरी सञ्चालकले चल्लाको भाउ मनपरी ढंगले बढाएका छन्,’ उनले भने, ‘तीन दिनअघि ४० रुपैयाँमा चल्ला किनेका थियौँ । आइतबार ६० रुपैयाँ मूल्य तोकिएको छ । यसरी मूल्य बढाउनु न्यायोचित होइन ।’

मौकाको फाइदा उठाउँदै व्यवसायीले दानाको पनि भाउ बढाए

दाना उद्योगीले चालू आर्थिक वर्ष ०७६–७७ को बजेटपछि भन्सार शुल्क तिर्नुपरेको भन्दै मूल्यवृद्धि सुरु गरेका थिए । दाना उद्योगीले आयात गर्ने मकैमा ५ प्रतिशत र भटमासको पिनामा ८ प्रतिशत ‘कृषि सुधार शुल्क’का रूपमा भन्सारदर निर्धारण गरिएको छ । यसका कारण मूल्य प्रतिकिलो ३ रुपैयाँ वृद्धि भएको दाना उद्योग संघका अध्यक्ष रविन पुरीले जानकारी दिए । तर, दाना उद्योगीले चल्ला, अन्डा र कुखुराको मूल्य बढेको मौका छोपेर विनाकारण दानाको मूल्य प्रतिबोरा ९५० किलो० १ सय रुपैयाँ वृद्धि गरेका छन् ।

ह्याचरी उद्योगीले चल्ला नष्ट गरेर मूल्यवृद्धि गरेपछि दाना उद्योगीले पनि मूल्य बढाएका हुन् । कुखुरा व्यससायीले दानाको मूल्य वृद्धिको विरोध गर्दै आएका छन् । कुखुरा व्यवसायीका अनुसार एक वर्ष प्रतिकिलो ४०–४२ रुपैयाँमा किनेको दाना पुस मसान्तसम्म ५६ रुपैयाँ प्रतिकिलो थियो । माघ लागेपछि भने दाना उद्योगीले ६४ रुपैयाँ प्रतिकिलो पुर्‍याएका छन् ।

पुरीले भने अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपाली बजारमा असर परेको दाबी गरे । व्यवसायीका अनुसार दैनिक ३२ सय टन कुखुराको दाना उत्पादन हुँदै आएको छ ।

पोल्ट्री महासंघ अध्यक्ष गुणचन्द्र विष्ट भन्छन्–मूल्य बढाइएकामा सरकारले चासो नलिनु दुर्भाग्यपूर्ण

कुखुराको मासु अत्यधिक वृद्धि भइरहँदा सरकारी निकायले खासै चासोपूर्वक नहेर्नु दुर्भाग्यपूर्ण छ । यति ठूलो मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहँदा पनि राज्यले कुनै जिम्मा लिएको छैन । सञ्चारमाध्यममा आएका विवरण हेर्दा २ सय ५० बाट कुखुराको मासु ४ सय रुपैयाँ नाघ्यो भन्ने देखिन्छ । मासुमा यति धेरै नाफा व्यवसायीकै लागि फाइदा छैन । उपभोक्ताले त केही समय महँगो मूल्य तिरेर किन्लान्, केही समयपछि त मूल्य घट्छ नै । त्यसपछि उपभोक्ताको समस्या समाधान होला । पोल्ट्री व्यवसायलाई भने दीर्घकालसम्म असर पार्छ । यसप्रति व्यवसायी सचेत हुनु आवश्यक छ । जुनसुकै हालतमा पनि अहिले मूल्य बढीमा ३ सय ५० रुपैयाँसम्म हुनुपर्ने हो । त्योभन्दा बढी मूल्य पुग्नु भनेको व्यवसायी र उपभोक्ता दुवै पक्षलाई हानिकारक छ । यो मूल्यले कसैलाई फाइदा गर्दैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending