Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

विश्व सम्पदा क्षेत्रका विद्यालय पुनर्निर्माणमा विवाद : चार वर्षदेखि टहरामै पठनपाठन

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सञ्चालित विद्यालय पुनर्निर्माणमा विवाद हुँदा चार वर्षदेखि टहरामै पठनपाठन भइरहेको छ । थोरै विद्यार्थी भएका अन्य क्षेत्रका विद्यालयसमेत पुनर्निर्माण भइसक्दा हजारौँ विद्यार्थी अध्ययनरत भक्तपुर, काठमाडौं दरबार क्षेत्रका बालबालिका भने कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विश्व सम्पदा क्षेत्रमा परेको भक्तपुर दरबार क्षेत्रमा तीन माध्यमिक विद्यालय सञ्चालनमा छन् । दरबार क्षेत्रमा सञ्चालित एउटै विद्यालयमा एक हजार ६ सयसम्म विद्यार्थी अध्ययनरत छन् । तर, पुरातात्विक क्षेत्र भएकाले फलामेरड र सिमेन्ट प्रयोग गरेर ९आरसिसी० भवन बनाउन नदिएपछि विद्यार्थी पीडामा परेका हुन् । पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाले सुर्की प्रयोग गरेर मात्र विद्यालय भवन बनाउने भए अनुमति दिने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षाका हिसाबले रड र सिमेन्ट नै प्रयोग गर्ने अडानले विद्यालय भवन निर्माण रोकिएको हो ।

भक्तपुर दरबार क्षेत्रमा सञ्चालित पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडाले राम्रो भवन नहुँदा विद्यार्थीले चार वर्ष टहरामै बिताएको बताए । करिब १६ सय विद्यार्थी रहेको यो विद्यालय पुरातात्विक क्षेत्रमा भएकाले कस्तो बनाउने भन्ने विवाद रहेको उनको भनाइ छ । उनले भने, ‘भवन निर्माणका विषयमा धेरैपटक छलफल भयो, अब बन्छ कि भन्ने आशा छ, आधिकारिक चिठी नआएसम्म भन्न सकिँदैन ।’ विद्यालय परिसरको पछाडिपट्टि नयाँ भवन बनाउने र अगाडि पहिलेको जस्तै बनाउने गरी सहमति भएको उनले बताए । यो २००७ सालअघि नै स्थापना भएको विद्यालय हो ।

भक्तपुर दरबार क्षेत्रमै रहेको शारदा र विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि यस्तै समस्या छ । भूकम्प जानुअघि विद्यार्थी निकेतन माविले नयाँ भवन बनाएकाले कम समस्या भए पनि शारदा माविका विद्यार्थी भने टहरामै छन् । मध्यपुरथिमि नगरपालिकास्थित लामकु दरबारमा रहेको आदर्श आजाद मावि पनि पुरातात्विक सम्पदाभित्र रहेका कारण पुनर्निर्माण हुन सकेको छैन ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) भक्तपुरका इन्जिनियर अजयकुमार साहले पुरातात्विक सम्पदाभित्र पर्ने भएकाले पुनर्निर्माण गर्न नदिएको बताए । सुर्की प्रयोग गरेर मात्रै विद्यालय भवन पुनर्निर्माण गर्ने भने पनि बनाउन नसकेको इन्जिनियर साहको भनाइ छ । भूकम्प गएपछि ‘रेड स्टिकर’ लगाएको भवनमै बसेर विद्यार्थी अध्ययन गरिरहेको उनले बताए । साहले भक्तपुरमा ८० विद्यालय बन्न नसक्ने अवस्थामा रहेको बताए । कतै थोरै जग्गा, कतै विद्यार्थी न्यून रहेका कारण विद्यालय पुनर्निर्माण हुन सक्ने अवस्था नरहेको उनले बताए ।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रभित्र पनि तीन विद्यालय सञ्चालनमा छन् । यहाँ नव आदर्श मावि, कान्ति ईश्वरी मावि र कन्या मावि सञ्चालनमा छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ –शिक्षा शाखा काठमाडौंका प्रमुख अर्जुन रायमाझीले दरबार क्षेत्रमा विद्यालय पुनर्निर्माण नहुने बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाले सम्पदालाई खुला बनाउने योजना बनाएको छ, सम्पदामा रहेका विद्यालय व्यवस्थापन गरेर बगैँचा बनाउने भएको छ ।’ सम्पदाभित्र र केही एकदमै न्यून जग्गामा रहेकाले विद्यालय पुनर्निर्माण गर्न सक्ने अवस्थासमेत छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending