Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

बागलुङका यी पाँच होटल तथा रेष्टुराँ स्तरीकरण

गलकोट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ ।

खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ । आइतबार पाँच होटल तथा रेष्टुराँको स्तरीकरण गरी स्टिकर प्रदान गरिएको वर्गीकरण छुट्याएर स्टिकर प्रदान गरिएको गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताए । सदरमुकाम गलकोटको तन्दुरी रेष्टुराँ, पुन रेष्टुराँ र पर्वत रेष्टुराँले ‘ग’ वर्ग अर्थात् सन्तोषजनक एवं उत्सव होटल, मुखै रसायो खाजा घरलाई ‘घ’ वर्गको अर्थात् सामान्य स्तरको स्टिकर प्रदान गरिएको छ ।

नब्बे अङ्कभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अङ्क ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुराँ ‘घ’ वर्गमा पर्नेछ । होटल तथा रेष्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराको व्यवस्थापन, लेबल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ वा छैनलगायत ५० वटा मापदण्डमा होटलको मूल्याङ्कन गरिएको छ । यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयं होटल व्यवसायी बताउँछन् ।

बागलुङमा कार्यालय स्थापना भएको एक वर्षमै खाद्य सुरक्षाका विभिन्न कार्य प्रभावकारीरुपमा गर्दै आएको छ । हालसम्म बागलुङका २० भन्दा बढी होटल तथा रेष्टुराँ स्तरीकरण भइसकेका छन् । स्तरीकरणका लागि होटल तथा रेष्टुराँ सञ्चालकले कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । होटल तथा रेष्टुराँ स्तरीकरण हुँदा व्यवसायीलाई नै फाइदा पुग्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

स्तरीकरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सहयोग गरेका छन् । उपभोक्ताले स्तरीकरणको आधारमा होटल तथा रेष्टुराँको पहिचान गर्नसक्ने र होटल व्यवसायीले शुद्धतामा ध्यान दिने भएकाले मापदण्डका आधारमा स्टिकर प्रदान गर्नु राम्रो काम भएको नगरपालिकाका बजार अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies