Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

करिडोर बनेपछि बढ्यो व्यवसाय

बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्छन्। पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उनी बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरीद गर्न हिँडेर सदरमुकाम आउनुपथ्र्यो । दूरीले नजिक भए पनि पुर्तिघाट बजार अपायक पथ्र्यो । उक्त स्थानबाट मानिसहरु सामान्य किनमेलका लागि बागलुङ र कुश्मातर्फ आउँथे ।

अहिले कालीगण्डकी करिडोर निर्माण भएर नियमित बस सेवा चलेको छ । बुटबलदेखि दैनिक बस चल्न थालेकाले सदरमुकाम आउने समयमा पुर्तिघाटका मानिस पाल्पा पुगिसक्छन् । त्यसपछि डेढ घण्टामा बुटवल पुग्न सकिन्छ । “अब प्रशासनिक काम परे जाने हो, नत्र सदरमुकाम जानुपर्दैन”, पौडेलले भने, “पोखरा नपुग्दै बुटवल पुगिने भएपछि धेरै सहज भएको छ ।”, त्रिदेशीयमार्गको रुपमा कालीगण्डकी करिडोर ४१७ किमीमा चीन र भारत जोड्ने गरी निर्माण भएपछि दक्षिण बागलुङ र गुल्मीका मानिसको जीवनशैली फेरिएको छ । साथै पहिला एउटा पनि घर नभएका स्थानमा पसल र बजारको रुपमा घरैघर बन्न थालेको छ ।

होटल व्यवसाय गरेर बसेकी सरु सलामीले बस चल्न थालेपछि दक्षिण बागलुङ र गुल्मी खण्डको जीवनस्तरमै सुधार भएको बताइन् । उनले चार वर्षदेखि होटल चलाएर राम्रो कमाई गर्न थालेकी छिन् । यहाँ अहिले दैनिक दर्जन बस र जिप चल्न थालिसकेका छन् । बागलुङको कुश्मीसेरादेखि दक्षिणका अधिकांश मानिसले तराई झर्न करिडोरकै बाटो समात्छन् । कुश्मीसेरादेखि बुटवल ६ घण्टामा पुग्न सकिन्छ । यो सडक कालोपत्र भएपछि चार घण्टामा बुटवल पुग्न सकिने स्थानीयवासीले बताए । यसरी सडकले बुटवल जोडेपछि कृषि उत्पादन गर्नेले सहज बजार पाउने र खाद्यान्न ढुवानीमा सहज हुने भन्दै दक्षिण बागलुङबासी खुसी छन् ।

सडक छेउमा होटल र रेष्टुरेन्ट चलाएर बस्ने धेरै छन् । उनीहरुले सामान्य पेशाबाट जीवन चलाउन सकिने बताए । “होटल पनि राम्रो चलेको छ, कतै जानुपर्दा सहजै सवारी पाइन्छ”, स्थानीय तमसम रानाले भने, “करिडोरले हाम्रो दैनिकी फेरिदिएको छ ।” सदरमुकाम पुग्ने समस्या मात्र हटेको नभई घरमै फलाएका वस्तु सहजै बिक्री भएको उनले सुनाए । नेपाली सेनाले यो सडकमा काम गरेको छ । चालू वर्षभित्रै यो सडकको ८० किमी खण्ड सेनाले सरकारलाई बुझाउने तयारी गरेको छ । गत महिना यो सडकको ३० किमी खण्ड बुझाइसकेको छ ।

बजेट अभावले रोखिएको बागलुङको जैमिनी नगरको जैदी छिस्ती खण्ड, गुल्मीको खड्गकोट खण्डमा काम बाँकी छ । उक्त कामका लागि बजेटको जोहो भइरहेको प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । सेनाले गरेको काममा गुणस्तर, खाल्डाखुल्डी पर्दा नियमित मर्मत र दोहोरो बस चल्ने बनेको छ । दैनिक बुटवलदेखि बागलुङको कुश्मीसेरा बस चलाएका चालक दिनेश थापाले सेनाको कामले यात्रा सहज भएको बताए । उनले बुटवलदेखि कुश्मीसेरा बस चलाउन थालेका छन् ।

यो सडकले गुल्मीको कालीगण्डकी, सत्यवती र रुरु गाउँपालिकाका सयौँले पाल्पा र बुटवल मात्र नभई आफ्नै सदरमुकाम पुग्ने सहजमार्ग पनि करिडोरबाटै पाएका छन् । “पहिले पैदल रिडी पुगेर मात्र तम्घास जानुपथ्र्यो, अहिले मोटर चढेर जान पाइयो”, स्थानीयवासी भागिरथ न्यौपानेले भने, “सामान बोकेर ल्याउने काम साह्रै कठिन थियो, अब सहज भयो ।” करिडोर बनेकाले पुर्तिघाट र हर्मीचौरदेखि शान्तिपुरतर्फ जाने सडक बनेका छन् । सेनाले हर्मीचौरदेखि रुद्रवेणीको विकल्पमा स्याङ्जातर्फ सडक बनाएको छ । करिडोरमा सेनाले पाँच बेलीब्रिज बनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies