Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ

गलकोट । यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो ।

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने विभेद, सुरक्षित प्रसूति र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ कार्यक्रमको ल्याएको छ । गाउँपालिकाले छोरी जन्मेमा हरेक महिना एक सय रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको बरेङ गाउँपालिकाले जनाएको छ । छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाको केही सर्त पूरा गर्नुपर्ने हुन्छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चारपटक स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । “यो सानो शुरुआत हो, हेर्दा सामान्य लागे पनि विभेद अन्त्यका लागि ठूलो कदम हुन्छ”, अध्यक्ष पौडेलले भने, “यो कार्यक्रमले सुरक्षित भविष्य, सुरक्षित प्रसूतिदेखि छोरीहरुको पठनपाठनलगायत धेरै विषयमा फाइदा दिन्छ ।”

गाउँपालिकाले प्रदान गर्ने सुविधा पाउनका लागि शिशुको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्षसम्म नै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदासम्म ८ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागिमात्र सो सुविधा लागू हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने भएकाले धेरै सन्तान वृद्धि हुनबाट समेत रोक्न सचेत गर्ने प्रमुख थापाले बताए ।

यहीे चैत महिनाभित्र सुत्केरी महिला २० वर्ष उमेरभन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्षदेखि शिशुको मासिक बचत पाउनका लागि शिशुको आमासमेत २० वर्ष पुग्नुपर्ने गाउँपालिकाले सर्त बनाएको थापाले जानकारी दिए । “हामीले छोरीको बचत मात्रै हैन छोराछोरीको विभेद अन्त्यदेखि उमेर नपुग्दै विवाह गर्ने प्रचलनसमेत हटाउँछौँ”, थापाले भने । यो कार्यक्रमसँगै गाउँपालिकाले गर्भवती महिलाका लागि पोषिलो झोला कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको पाँचवटै वडाभित्रका पाँच स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाइमार्फत यो कार्यक्रम शुरु गरेको स्वास्थ्य शाखाप्रमुख पदमबहादुर पुनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा पहिलोपटक गर्भवती जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ । पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मूला, धनियाँ, सिमी, बोडीको बीउ राखिने गरेको छ ।

नियमित गर्भ जाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खानेलगायत परामर्शसमेत यस अवसरमा दिने गरेको स्वास्थ्य शाखाप्रमुख पुनको भनाइ रहेको छ । पोषिलो झोला कार्यक्रमबाट गर्भवती महिलाले लाभ लिइसकेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending